काठमाडौंमा पेट्रोलियम पदार्थको अभाव



 

 

काठमाडौंका पेट्रोल पम्पहरू बन्द गरिएको छ । हिजो साँझबाटै पेट्रोल अभाव देखाउँदै पम्पहरू बन्द गरिएको हो । सेना र प्रहरीद्वारा सञ्चालित पम्पमा अभाव नदेखिए पनि बिहानैदेखि ग्राहकको लामो लाइन छ । उपत्यकाका अधिकांश जसो पम्पमा ‘पेट्रोल छैन’ लेखेर झुण्ड्याइएको छ । पेट्रोलियम ट्यांकर चालक संघको आव्हानमा विभिन्न मागसहित मजदुरहरू आन्दोलनमा उत्रिएपछि पेट्रोल राजधानी भित्रिन पाएको छैन । ट्यांकर चालक / सहचालकहरुले नियुक्ति पत्र दिई तोकिएअनुसारको तलबको व्यवस्था गर्नुपर्ने, सामाजिक सुरक्षा कोषमा आवद्धता गरिनुपर्ने, जोखिम भत्ता दिइनुपर्नेलगायतका ७ बुँदे माग राखेका छन् । जेठ ३२ देखि कालो मट्टी बाँधेर आन्दोलन थालेका उनीहरूले असार १ मा ट्यांकरमा कालो झण्डा राखेका थिए । हिजोदेखि पूर्णरूपमा काम छाडेर गाडीको साँचो ट्यांकर धनीलाई बुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस
भारतमा हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु

      भारतको उत्तराखण्डको केदारनाथ नजिकै गौरीकुण्ड क्षेत्रमा आज बिहान हेलिकप्टर दुर्घटना

इरानद्वारा इजरायलमा हमला, कम्तीमा ८ जनाको मृत्यु

       इरानले इजरायलमाथि अहिलेसम्मकै भयंकर हमला गरेको छ । हमलामा परी

कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

    सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । असार

रवीन्द्र र धवललाई पुन: पक्राउ गर्ने तयारी

          हाजिरी जमानीमा छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का