खेलाडीलाई प्रतिस्पर्धी बनाउन सरकार लागिपर्ने



युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले अन्तर्रा्ट्रिय जगत्मा नेपाललाई चिनाउने सजिलो माध्यम खेल क्षेत्र भएकाले यसको विकास तथा विस्तारका लागि आफूले सक्दो पहल गर्ने बताउनुभएको छ ।
उहाँले आज त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का साथै सातदोबाटोस्थित अन्तर्रा्ष्ट्रिय खेलकुद परिसरको हातामा रहेको भौतिक पूर्वाधारको निरीक्षण गर्दै खेलाडीलाई प्रतिस्पर्धी बनाउनका लागि के गर्न सकिन्छ र तालिममा के कस्ता समस्या छ भन्ने पहिचान गर्न आवश्यक रहेको बताउनुभयो ।

सो अवसरमा मन्त्री केसीले राष्ट्रिय टोलीको तयारीका बारेमा सम्बन्धित खेलका प्रशिक्षकसँग कुराकानीसमेत गर्नुभयो । उहाँले कराँते, एथ्लेटिक्स, तेक्वान्दो, बक्सिङलगायत खेलका राष्ट्रिय टोलीको पनि निरीक्षण गर्नुभयो ।
त्यसक्रममा राखेप सदस्य सचिव विष्टले विभिन्न खेल संघका पदाधिकारीका साथै प्रशिक्षकका बारेमा जानकारी दिनुभएको थियो । मन्त्री केसीसँग मन्त्रालयका सचिव महेशप्रसाद दाहाल पनि हुनुहुन्थ्यो

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री ओली र फुटबलर रोबर्टो कार्लोसबीच भेट

    प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका विश्वचर्चित ब्राजिलियन फुटबलर

मिस एण्ड मि. आइडल सिजन २ को घोषणा

    स्पार्कल इन्टरटेन्मेन्टको आयोजना तथा सिइयो नितु कुमारी श्रेष्ठको नेतृत्वमा “मिस एण्ड

बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने

    बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने तयारी गरेको छ । बुढानिलकण्ठ

एमाले बागमतीमा पुराना जगाऊँ, नयाँ बढाऊँ अभियान

    नेकपा एमाले वाग्मती प्रदेश कमिटीको सचिवालय बैठक सोमबार सम्पन्न भएको छ