व्यापार घाटा घटाउन सरकारले उत्पादन वृद्धिमा जोड दिने



हाम्रो इकोनोमि

काठमाडौं । सरकारले बढ्दो व्यापार घाटा कम गर्न आन्तरिक उत्पादन वृद्धिमा जोड दिने नीति लिने भएको छ ।

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले व्यापार घाटालाई कम गर्न आन्तरिक उत्पादन वृद्धिमा जोड दिने नीति लिइएको बताएका हुन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले कृषि, ऊर्जा र उद्योग क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिएर मुलुकको आन्तरिक उत्पादन बढाउन आफूले सम्वद्ध निकायलाई निर्देशन दिइसकेको पनि स्मरण गराए ।

अर्थमन्त्री कार्कीले आर्थिक वृद्धिदर बढ्दै जाने प्रशस्त आधारहरु तयार भएको दावी पनि गरे । उनले भूकम्पपछिको पुनर्निर्माणको कामलाई तीव्रता दिने, राष्ट्रिय गौरवका आयोजनाहरुलाई तीव्र गतिमा अघि बढाउने जस्ता कामलाई उच्च प्राथमिकता दिएर आर्थिक वृद्धिदर बढाउन सकिने कार्ययोजना पनि बताए ।

सरकारले चालू आर्थिक वर्षमा ७.२ प्रतिशत आर्थिक वृद्धि गर्ने लक्ष्य लिएको छ । गत वर्ष ६.९ प्रतिशत आर्थिक वृद्धि भएको थियो । अर्थमन्त्री कार्कीले लगानी भित्र्याउने गरी आवश्यक नीतिगत निर्णय पनि सरकार प्रतिवद्ध रहेको पनि स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...