व्यापार घाटा घटाउन सरकारले उत्पादन वृद्धिमा जोड दिने



हाम्रो इकोनोमि

काठमाडौं । सरकारले बढ्दो व्यापार घाटा कम गर्न आन्तरिक उत्पादन वृद्धिमा जोड दिने नीति लिने भएको छ ।

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले व्यापार घाटालाई कम गर्न आन्तरिक उत्पादन वृद्धिमा जोड दिने नीति लिइएको बताएका हुन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले कृषि, ऊर्जा र उद्योग क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिएर मुलुकको आन्तरिक उत्पादन बढाउन आफूले सम्वद्ध निकायलाई निर्देशन दिइसकेको पनि स्मरण गराए ।

अर्थमन्त्री कार्कीले आर्थिक वृद्धिदर बढ्दै जाने प्रशस्त आधारहरु तयार भएको दावी पनि गरे । उनले भूकम्पपछिको पुनर्निर्माणको कामलाई तीव्रता दिने, राष्ट्रिय गौरवका आयोजनाहरुलाई तीव्र गतिमा अघि बढाउने जस्ता कामलाई उच्च प्राथमिकता दिएर आर्थिक वृद्धिदर बढाउन सकिने कार्ययोजना पनि बताए ।

सरकारले चालू आर्थिक वर्षमा ७.२ प्रतिशत आर्थिक वृद्धि गर्ने लक्ष्य लिएको छ । गत वर्ष ६.९ प्रतिशत आर्थिक वृद्धि भएको थियो । अर्थमन्त्री कार्कीले लगानी भित्र्याउने गरी आवश्यक नीतिगत निर्णय पनि सरकार प्रतिवद्ध रहेको पनि स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...

ओली कुटीको राधिका शाक्यले गरिन् शिलान्यास

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घर निर्माणको काम थालिएको छ...