बिरुवा बेचेर लाखौँ कमाइ



हाम्रो इकोनोमि

म्याग्दी। जिल्लाका कृषकले फलफूल र वन पैदावारका बिरुवा बेचेर लाखौँ आम्दानी गरेका छन् ।

सुन्तला, टिमुर, डालेघाँस र काष्ठ पैदावार बिरुवाको किनबेच फस्टाउँदै गएकाले कृषकको आम्दानी बढेको हो । सुन्तला र टिमुरका बिरुवा प्रतिवटा रु २० मा तथा अन्य वन पैदावारको प्रतिबिरुवा रु पाँचमा बिक्री हुन्छ ।

धौलागिरि गाउँपालिका– ७ हिलापोखरीका समबहादुर थापाले १५ हजार ४०० टिमुरका बिरुवा बेचेर रु तीन लाख आठ हजार आम्दानी गर्नुभयो । उहाँ एक दशकदेखि बिरुवा उत्पादन गर्दै आउनुभएको छ ।

बेनी नगरपालिका– ६ का मनकुमारी घर्तीले चार हजार ५००, चन्द्रबहादुर कुँवरले आठ हजार र रघुगंगा– ४ दग्नामका वीरबहादुर गर्वुजाले तीन हजार ९०० टिमुरका बिरुवा बिक्री गर्नुभयो । चारैजनाको निजी नर्सरीमा उत्पादन भएको ३१ हजार ८०० टिमुरका बिरुवा जिल्ला वन कार्यालयले खरिद गरेर सामुदायिक वन उपभोक्ता समूह र कृषकलाई वितरण गरेको छ ।

तोरीपानीका सागर बानियाँ र गुमानसिंह बानियाँले यसपाली निजी नर्सरीबाट दश हजार टिमुरका बिरुवा बिक्री गर्नुभयो । वन कार्यालयले ३० भन्दा बढी टिमुरका बोट रोप्ने नौजना कृषकलाई प्रतिबोट रु ४० का दरले रु एक लाख ९६ हजार प्रोत्साहन अनुदान उपलब्ध गराएको छ ।

खेर गईरहेको सामुदायिक वन र निजी खाली पाखो खरबारीमा टिमुर खेती विस्तार अभियान चलाएको सहायक वन अधिकृत राजकुमार ठाकुरले बताउनुभयो । टिमुरले बजार पाएका कारण उत्पादन बढाउन बिरुवा रोप्ने अभियान चलाइएको हो । यस वर्ष जिल्लाभर करिब तीस हेक्टर क्षेत्रफलमा टिमुरका नयाँ बिरुवा रोपिएको छ ।

बेनी नगरपालिका –९ तोरीपानी, नेप्टेचौर, धौलागिरि गाउँपालीका– ७ ताकम, रघुगंगा– २ भगवती, अन्नपूर्ण– ४ नारच्याङ, मालीकाको दरवाङ क्षेत्रमा टिमुर खेती विस्तार भएको छ । यस याममा विभिन्न सातजना कृषकको निजी नर्सरीबाट साधारण बिजु जातका २२ हजार ५०० सुन्तलाका बिरुवा प्रतिबोट रु २० मा बिक्री भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

जिल्लाको २८६ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती हुने गरेको छ । यस वर्ष कार्यालयले २२ हजार ५०० बिरुवा अनुदानमा वितरण गरेको छ । कृषकले आफ्नै लागतमा थप तीन हजार बिरुवा रोपेका छन् ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...