आर्थिक अवस्था सुधारका लागि काम गर्छु– वाणिज्यमन्त्री



हाम्रो इकोनोमि

वाणिज्यमन्त्री मीनकुमार विश्वकर्माले मुलुकले वाणिज्य क्षेत्रमा बेहोर्दै आएको घाटा न्यून गर्न आफू प्रतिवद्ध भएर लागिपर्ने बताउनुभएको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिका २० को तरहरामा नेपाली काँग्रेसले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रदेश नं १ मा उत्पादन हुने वस्तुलाई निर्यात योग्य बनाएर विदेशी बजारमा प्रवद्र्धन गर्ने वचनवद्धता पनि प्रकट गर्नुभयो ।

पूर्वी नेपालमा उत्पादन हुने अदुवा, रुद्राक्ष, अलैँची, अदुवा, अकबरे चिया, कफी र दूध जस्ता वस्तुको प्रशोधन र स्तरवृद्धि गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

करदाताको सम्मान गर्ने परम्परा बसाल्न मन्त्रालयले नीति ल्याउन लागेको र करदाता सम्मान कार्ड वितरण गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा मन्त्री विश्वकर्माले स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसलाई विजयी तुल्याउन योगदान पु¥याएका व्यक्तिहरुलाई कदरपत्र प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...