चट्याङ लागेर एघारको मृत्यु



हाम्रो इकोनोमि

भारतको दक्षिणी राज्य उडिशामा चट्याङ परेर कम्तीका ११ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले सोमबार जानकारी दिएका छन ।

उडिशाको प्रान्तीय राजधानी भुवनेश्वरबाट उत्तरपूर्वमा पर्ने भादराक, बालेश्वर र केन्द्रापारा जिल्लामा परेको छुट्टाछुट्टै चट्याङमा परी ती ११ व्यक्तिको मृत्यु भएको हो ।

चट्याङ परेर मरेका यी व्यक्तिहरू प्रायः धान खेतमा काम गरिरहेका थिए । वर्षात् जारी रहेपनि उनीहरू काममा थिए । सोही क्रममा चट्याङ परेको थियो ।

भारतको राष्ट्रिय दैवी प्रकोप विभागका अनुसार सन् २००५ यताको तथ्याङ्कमा भारतमा प्रत्येक वर्ष करिब दुई हजार व्यक्तिको मृत्यु चट्याङकै कारणले हुने गरेको देखाएको छ ।

प्रतिक्रिया दिनुहोस
मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

हङकङको एक हाउजिङमा आगलागी हुँदा ४४ जनाको मृत्यु

    हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४...