सेयर बजारमा हरियाली, कारोबार रकम एक अर्ब नाघ्यो



हाम्रो इकोनोमि

सोमाबर नेप्से सूचक ९.४१ अंकले बढेर १६५२.६९ अंकमा उक्लिएको छ। क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.५० अंकले बढेर ३४६.८६ अंमा पुगेको छ।

आज १५५ कम्पनीका १६ लाख ४८ हजार कित्ता शेयर एक अर्ब चार करोड रुपैयाँमा खरिद बिक्रि भयो। सबै भन्दा धेरै सानिमा बैंकको चार करोड ५१ लाख रुपैयाँको कारोबार भयो।

आज आठ समुहको कारोबार भएकोमा बीमा समुह ५.२१ अंकले घटेको छ भने अरु सबै समूह बढेका छन्। बैंक ६.७८, होटल १६१.२८, विकास बैंक ५.०४, जलबिद्युत ३१.१२, फाइनान्स १०.९, उत्पादन मुलक ४६.०४ र अन्य ५.२ अंकले बढेको हुन्।

आज दुई होटल सहित पाँच कम्पनीका लगानीकर्ताले झन्डै १० प्रतिशत कमाएका छन्। होटल बाहेक धेरै कमाउनेको सूचीमा नेशनल माइक्रोफाइनान्स, हिमालयन डिष्टिलरी र श्री इन्भेष्टमेन्ट फाइनान्स छन्। करिब ६ प्रतिशतले मूल्य घट्दा काबेली बिकास बैंक घट्ने सूचीमा पहिलो भएको छ।

प्रतिक्रिया दिनुहोस
नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

प्रभु बैँकका ग्राहकलाई ससः त्वामा १५ प्रतिशतसम्म छुट

    प्रभु बैँक लिमिटेड र कीर्तिपुर नगरपालिका–३ सागलस्थित ससः त्वा हस्पिटालिटी प्रालिबिच...

प्रभु बैंकले ३ करोडसम्म घर कर्जा दिने

    प्रभु बैंक लिमिटेडले घर तथा सवारी साधन खरिदका लागि नयाँ होम...

माछापुच्छ्रे बैंकको डिसिइओमा पाँडे

    माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)मा कल्याणविक्रम पाँडे नियुक्त...