सेयर बजारमा हरियाली, कारोबार रकम एक अर्ब नाघ्यो



सोमाबर नेप्से सूचक ९.४१ अंकले बढेर १६५२.६९ अंकमा उक्लिएको छ। क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.५० अंकले बढेर ३४६.८६ अंमा पुगेको छ।

आज १५५ कम्पनीका १६ लाख ४८ हजार कित्ता शेयर एक अर्ब चार करोड रुपैयाँमा खरिद बिक्रि भयो। सबै भन्दा धेरै सानिमा बैंकको चार करोड ५१ लाख रुपैयाँको कारोबार भयो।

आज आठ समुहको कारोबार भएकोमा बीमा समुह ५.२१ अंकले घटेको छ भने अरु सबै समूह बढेका छन्। बैंक ६.७८, होटल १६१.२८, विकास बैंक ५.०४, जलबिद्युत ३१.१२, फाइनान्स १०.९, उत्पादन मुलक ४६.०४ र अन्य ५.२ अंकले बढेको हुन्।

आज दुई होटल सहित पाँच कम्पनीका लगानीकर्ताले झन्डै १० प्रतिशत कमाएका छन्। होटल बाहेक धेरै कमाउनेको सूचीमा नेशनल माइक्रोफाइनान्स, हिमालयन डिष्टिलरी र श्री इन्भेष्टमेन्ट फाइनान्स छन्। करिब ६ प्रतिशतले मूल्य घट्दा काबेली बिकास बैंक घट्ने सूचीमा पहिलो भएको छ।

प्रतिक्रिया दिनुहोस
दोहोरो अंकले बढ्यो सेयर बजार

    साताको पहिलो दिन आइतबार सेयर बजार १०.२३ अंकले बढेको छ ।

नेपाल लाइफद्वारा दुधकुण्डमा निःशुल्क प्राथमिक स्वास्थ्य शिविर सम्पन्न

      नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले

सन् २०३० सम्ममा नेपाललाई मध्यम आय भएको मुलुक बनाउँछौं : प्रधानमन्त्री

  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वाधार आयोजनाहरूमा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न

बैंकहरूले आफ्ना कर्मचारीलाई १० अर्ब बोनस दिने

    बैंकको जागिरलाई निकै आकर्षक र सुरक्षित मानिन्छ । उनीहरूले पाउने लाभांशले