राजपासहितको चुनाव हुने दाहालको ठोकुवा



हाम्रो इकोनोमि

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नम्बर–२ मा राष्ट्रिय जनता पार्टीसहितको चुनाव हुने ठोकुवा गर्नुभएको छ ।

कार्यकर्ता प्रशिक्षण कार्यक्रमका लागि धनुषाको जनकपुर जाने क्रममा महोत्तरीको बर्दिवासमा पत्रकारसँग कुराकानी गर्नुहुँदै अध्यक्ष प्रचण्डले प्रदेश नं–२ मा हुने तेस्रो चरणको चुनावमा राजपा सहभागी हुनेमा विश्वस्त रहन सबैलाई आग्रह गर्नुभयो ।

उहाँले चुनावमा सहभागी हुन राजपाले अघि सारेका माग र शर्त पूरा हुने वातावरण बनिरहेको र चाँडै राजपाको माग सम्बोधन हुने संकेत देखिएकाले तेस्रो चरणको चुनावमा राजपा सहभागी हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले संविधान संशोधन र सीमांकन तथा प्रदेश नं–२ मा स्थानीय तहको संख्यासमेत थप हुने आवश्यक सबै गृहकार्य पूरा भइसकेको अवस्थामा रहेको तर केही सहमति र सहकार्यको वातावरण अझै बन्न बाँकी रहेकाले चाँडै सबै वातावरण बनेर राजपासहितको चुनाव हुने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष प्रचण्डसँगै नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापासमेत कार्यकर्ता प्रशिक्षण कार्यक्रमका लागि जनकपुर जानुभएको हो ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...

ओली कुटीको राधिका शाक्यले गरिन् शिलान्यास

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घर निर्माणको काम थालिएको छ...