राजपासहितको चुनाव हुने दाहालको ठोकुवा



हाम्रो इकोनोमि

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नम्बर–२ मा राष्ट्रिय जनता पार्टीसहितको चुनाव हुने ठोकुवा गर्नुभएको छ ।

कार्यकर्ता प्रशिक्षण कार्यक्रमका लागि धनुषाको जनकपुर जाने क्रममा महोत्तरीको बर्दिवासमा पत्रकारसँग कुराकानी गर्नुहुँदै अध्यक्ष प्रचण्डले प्रदेश नं–२ मा हुने तेस्रो चरणको चुनावमा राजपा सहभागी हुनेमा विश्वस्त रहन सबैलाई आग्रह गर्नुभयो ।

उहाँले चुनावमा सहभागी हुन राजपाले अघि सारेका माग र शर्त पूरा हुने वातावरण बनिरहेको र चाँडै राजपाको माग सम्बोधन हुने संकेत देखिएकाले तेस्रो चरणको चुनावमा राजपा सहभागी हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले संविधान संशोधन र सीमांकन तथा प्रदेश नं–२ मा स्थानीय तहको संख्यासमेत थप हुने आवश्यक सबै गृहकार्य पूरा भइसकेको अवस्थामा रहेको तर केही सहमति र सहकार्यको वातावरण अझै बन्न बाँकी रहेकाले चाँडै सबै वातावरण बनेर राजपासहितको चुनाव हुने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष प्रचण्डसँगै नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापासमेत कार्यकर्ता प्रशिक्षण कार्यक्रमका लागि जनकपुर जानुभएको हो ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...