प्रधानमन्त्री भारत जानु अघि चीनका उपप्रधानमन्त्री नेपाल आउने



हाम्रो इकोनोमि

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जानु भन्दा पहिले चीनका उपप्रधानमन्त्री वाङ याङ साउन ३० गते नेपाल भ्रमणमा आउने भएका छन् । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराको निमन्त्रणामा याङ उच्चस्तरिय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आउन लागेका हुन।

नेपालका लागि चिनिया राजदूत यू होङले उपप्रधान तथा परराष्ट्रमन्त्री महरालाई आइतवार भेटेर उपप्रधानमन्त्री वाङ याङ नेतृत्वको उच्चस्तरिय प्रतिनिधिमण्डलले साउन ३० गते नेपाल भ्रमण गर्न लागेको जानकारी गराएकी हुन ।

६२ बर्षीय याङले प्रधानमन्त्री शेरबहादुर देउवा,प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली,पूर्व प्रधानमन्त्री तथा सत्ता गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग दुई पक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा भदौमा भारत भ्रमणमा जाने गरी दुवै मुलुकमा तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...