अनाथका पिता कामेको संस्थाले सातौ बार्षिकोत्सव भब्य रुपमा मनाउने



हाम्रो इकोनोमि

पर्यटकको भारी बोक्दै  ६ बर्ष अगाडिदेखि अनाथ बालबालिकाको भविष्य बनाउन लागि परेका कामे मगरको संस्था अहिले ६ बर्ष पुरा गरी सातौ बर्षमा प्रवेश गर्दै छ । उनले ६ बर्ष अगाडी स्थापना गरेको सोलु बाल कल्याण अनाथालय  संस्था अहिले गोकर्ण उत्तरबाहीनिमा छ । उक्त संस्थाको भदौ २४ गते भव्य रुपमा बार्षिकोत्सव हुँदै छ ।

बार्षिकोत्सवको अवसरमा संस्थाले विभिन्न कार्यक्रम गर्ने योजना तय गरेको छ । प्रमुख अथितिको रुपमा उपराष्टपति नन्द बहादुर पुन उक्त कार्यक्रममा सहभागी हुने टुंगो लागिसकेको छ । सो कार्यक्रममा संस्थामा सहयोग गर्ने मित्रहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको संस्थाका अध्यक्ष कामे मगरले बताएका छन् । उनले कार्यक्रमको अबसरमा देश विदेशमा भएका मित्रहरुसंग सहयोगको अपिल पनि गरेका छन् । कार्यक्रमबाट उठेको रकम अनाथालयमा नै खर्च गर्ने उनी बताउँछन् ।

पर्यटकको भारी बोक्ने क्रममा बाबा आमा नभएका अनाथ बालबालिकाको दुखद् भविष्य देखेर उनले अनाथालय खोलेका हुन् । उनको अनाथालयमा अहिले २५ जना बालबालिका छन् । ति बालबालिको लागि गाँस, बास, कपास र पढाईको व्यवस्था आफ्नै संस्थामा नै गरेका छन् । ९ जना बच्चा बाट अनाथालयको सुरुवात गरेका उनले सुरुमा धेरै दुख कष्ट भोगेको बताउँछन् । उनी भन्छन् –आज भन्दा एक बर्ष अगाडि घर भाडा तिर्न नसकेर घरबेटीले ताला सम्म लगाईदिए, कुनै दिन चामल किन्न नसकेर पसलबाट उधारो ल्याएर बाल बच्चालाई बनाएर पनि खुवाएँ । तर ति दिन सम्झँदा अहिले धेरै खुसि महसुस हुन्छ । अहिले उनले आफैंले  जग्गा लिएर घर बनाएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...