जिसस निर्वाचनमा चुनावी तालमेल गर्ने माओवादी र काँग्रेसको सहमति



हाम्रो इकोनोमि

प्रमुख सत्तारुढ दलहरु नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले जिल्ला समन्वय समिति (जिसस)को निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका छन् ।

दुवै दलका कार्यदलको संयुक्त बैठकले एक्लै बहुमत नपुग्ने जिल्लामा जिससको निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेको काँग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिनुभयो ।

बैठकले देशभरि चुनावी तालमेलका लागि केन्द्रीयस्तरबाटै सहमति गरेको हो । प्रदेश नं २ बाहेकका प्रदेशमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि सबै जिल्लामा जिससको निर्वाचन भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

काँग्रेसले आगामी असोज २ गते प्रदेश नं २ मा हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पनि आवश्यकताअनुसार माओवादी केन्द्रसँग चुनावी तालमेल गर्ने नीति लिएको छ । यसअघि सम्पन्न दुई चरणका स्थानीय तहको निर्वाचनमा पनि दुवै दलबीच कतिपय स्थानमा चुनावी तालमेल भएको थियो ।

बैठकमा काँग्रेस नेताहरु निधि, डा रामशरण महत र रमेश लेखक तथा माओवादी केन्द्रका नेता एवं उपप्रधानमन्त्री कृष्णबहादुर महरा र नेता वर्षमान पुन सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...

ओली कुटीको राधिका शाक्यले गरिन् शिलान्यास

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घर निर्माणको काम थालिएको छ...