पाँच दिन अगाडी क्षेत्रपाटीस्थित स्कूलबाट हराएका बालक आज काँडाघारीमा भेटिए



हाम्रो इकोनोमि

काठमाडौंको क्षेत्रपाटीबाट गत बिहीबारदेखि हराएका बालक विशाल चौधरी फेला परेका छन्। चौधरीलाई काँडाघारीमा फेला पारेको काठमाडौं प्रहरी प्रमुख छविलाल जोशीले बताए।

क्षेत्रपाटीको पकनाजोलस्थित सरस्वती उच्च माविमा युकेजीमा अध्ययनरत ५ वर्षीय बालक विशाल चौधरी विद्यालयबाटै बिहीबार दिउँसो बेपत्ता भएका थिए।

दिउँसो ३ बजे छोरा लिन बाबु विद्यालय पुग्दा छोरा हिँडिसकेको खबर पाएपछि आफन्तले बालक हराएको भन्दै महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेमा उजुरी दिएका थिए।

५ वर्षीय विशालको खोजीमा प्रहरीले विशेष तालिमप्राप्त कुकुरसमेत प्रयोग गरेको थियो।

प्रतिक्रिया दिनुहोस
डीएसपी मधु नेपाल बहुविवाह कसुरमा पक्राउ

           नवलपुरका प्रहरी नायव उपरीक्षक ९डीएसपी० मधु नेपाल बहुविवाह...

सरकारसँग मिलेर काम गर्छु : हितेन्द्रदेव शाक्य

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो बाँकी कार्यकाल सरकारसँग...

महाधिवेशनबारे जानकारी दिन एमालेको घरदैलो अभियान

    नेकपा (एमाले)ले एघारौँ राष्ट्रिय महाधिवेशनमा सहभागिताका लागि घरदैलोमा पुगेर निमन्त्रणा दिने...

नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सम्झौता

    नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच ‘नबिल एसएसई’ कार्यक्रम...