पाँच दिन अगाडी क्षेत्रपाटीस्थित स्कूलबाट हराएका बालक आज काँडाघारीमा भेटिए



हाम्रो इकोनोमि

काठमाडौंको क्षेत्रपाटीबाट गत बिहीबारदेखि हराएका बालक विशाल चौधरी फेला परेका छन्। चौधरीलाई काँडाघारीमा फेला पारेको काठमाडौं प्रहरी प्रमुख छविलाल जोशीले बताए।

क्षेत्रपाटीको पकनाजोलस्थित सरस्वती उच्च माविमा युकेजीमा अध्ययनरत ५ वर्षीय बालक विशाल चौधरी विद्यालयबाटै बिहीबार दिउँसो बेपत्ता भएका थिए।

दिउँसो ३ बजे छोरा लिन बाबु विद्यालय पुग्दा छोरा हिँडिसकेको खबर पाएपछि आफन्तले बालक हराएको भन्दै महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेमा उजुरी दिएका थिए।

५ वर्षीय विशालको खोजीमा प्रहरीले विशेष तालिमप्राप्त कुकुरसमेत प्रयोग गरेको थियो।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...