अबका चुनावमा पनि एमाले पहिलो बन्छ: नेता खनाल



हाम्रो इकोनोमि

नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले मुलुकको राष्ट्रिय अखण्डता र जनताको सार्वभौमताका लागि आफ्नो पार्टीले लिएको दूरदर्शीताका कारणले स्थानीय तह, प्रादेशिक र केन्द्रीय चुनावमा पहिलो स्थान कायम गर्ने बताउनुभएको छ ।

प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन नेपालद्वारा आज यहाँ आयोजित कार्यक्रममा नेता खनालले समाजवादतर्फ उन्मुख संविधान निर्माण तथा संविधान कार्यान्वयनका क्रममा एमालेले देखाएको दृढताले गर्दा जनताले पार्टीको सही मूल्याङ्कन गर्ने बताउनुभयो ।

जनताको लामो संघर्षपछि मुलुकमा प्राप्त भएको लोकतन्त्र र संविधानसभाबाट बनेको संविधान अग्रगामी रहेको बताउँदै उहाँले मुलुकमा कानुनी राज्य र विधिको शासन कायम गर्न प्रगतिशील कानुन व्यवसायीले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । पूर्वप्रधानमन्त्री खनालले ऋषिमुनीको तपोभूमि र शान्ति भूमि नेपाल विश्व संस्कृतिको उद्भवस्थल रहेको बताउँदै हाम्रा प्राचीन मूल्य मान्यता तथा सांस्कृतिक धरोहरको संरक्षण गर्नुपर्ने औँल्याउनुभयो ।

एमाले पोलिटब्युरो सदस्य रघुजी पन्तले नेपाली संस्कृतिमा रहेका विभिन्न परम्पराले प्रकृतिसँग हाम्रो सम्बन्धलाई आत्मसात् गर्न विशेष महत्व राखेको बताउनुभयो ।

आयोजक संस्थाका अध्यक्ष रुद्र नेपालले पेशागत कानुन व्यवसायीको हक हित तथा अधिकारलाई संरक्षण गर्न आफ्नो संस्था क्रियाशील रहेको उल्ल्ेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...