झापाका पन्ध्र हजार घरधुरी ४ दिनदेखि अन्धकारमा



हाम्रो इकोनोमि

झापा । ट्रान्सफर्मरमा समस्या आएपछि जिल्लाका करिब १५ हजार घरधुरीमा विद्युत् सेवा अवरुद्ध भएको छ ।

चार दिनअघि ट्रान्सफर्मरमा समस्या आएपछि झापाको गौरीगञ्ज गाउँपालिकासहित दुधे, शिवगञ्ज, माईधार, जुरोपानी, बैगुन्धुरा र कमल गाउँपालिकाको केही क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको हो । विद्युत् सेवा अवरुद्ध भएपछि सो क्षेत्रका नागरिक अन्धकारमा बस्न बाध्य छन् । गत वर्ष बंगलादेशबाट ल्याइएको १६ एमबिएको ट्रान्सफर्मरमा समस्या आएको छ । ६ बाई ८ को ट्रान्सफर्मर जडान गरेर विद्युत् सेवा सञ्चालन गर्ने तयारी गरिए पनि त्यसमा समेत समस्या आएको नेपाल विद्युत् प्राधिकरण बुलोचोक सबस्टेसनका प्रमुख सुरेन्द्रकुमार साहले जानकारी दिनुभयो ।

“विद्युत् आपूर्तिका लागि छिटोभन्दा छिटो ट्रान्सफर्मर मर्मतको काम भइरहेको छ”, प्रमुख साहले भन्नुभयो, “मौसमले साथ दियो भने अबको दुई दिनभित्र विद्युत् सेवा सञ्चालन हुन्छ ।” यस क्षेत्रमा धेरै विद्युत् समस्या हुने गरेको जनकल्याण निमावि महाभराका शिक्षक ओमकान्त बरालले बताउनुभयो । बारम्बार विद्युत् आपूर्तिमा समस्या आउँदा पनि सम्बन्धित निकायले प्रभावकारी काम नगरेको उहाँले आरोप लगाउनुभयो ।

प्रतिक्रिया दिनुहोस
बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति

    नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति भएको छ...

कुलमानलाई बोलायो संसदीय समितिले

     ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास...

तत्काल निगमको डिपो स्थानान्तरण गर्न स्थानीयबासीको माग

    घनाबस्तीको बीचमा रहेको नेपाल आयल निगमको सुदूरपश्चिम प्रादेशिक डिपो तत्काल स्थानान्तरणको...

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल

    नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले पदभार ग्रहण गरेका...