सेयर बजारमा नेप्से र परिसूचक दुबै घट्यो



हाम्रो इकोनोमि

सेयर बजारको परिसूचक नेप्से ३.२५ अंकले घटेर १६४३ अंकमा कायम भएको छ।

यस दिन कारोबार रकम पनि अर्ब पुग्न सकेन। कुल १५२ कम्पनीहरुको ९६ करोड ८६ लाख रुपैयाँको सेयर खरिदबिक्री भयो। यस दिन होटल, विकास बैंक र उत्पादन समूह उक्लिएका छन् भने अरु सबै घटेका छन्। होटल ४७, विकास बैंक १० र उत्पादन समूह ३१ अंकले बढे।

बिमा ८१, बैंकिङ ४ र जलविद्युत ५ अंकले ओर्लिए भने अन्य र फाइनान्स समूहको रातो अंक १ भन्दा मुनि रह्यो। यस दिन प्रभु इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै ८ करोड ९६ लाखको कारोबार भयो।

त्यस्तै दोस्रो स्थानमा रहेको प्राइम लाइफ इन्स्योरेन्सको ५ करोड ७३ लाखको कारोबार भयो। बैंक अफ काठमाण्डु, नेपाल लाइफ इन्स्योरेन्स र सानिमा बैंक कारोबारका आधारमा उत्कृष्ट पाँचभित्र पर्न सफल भए।

समग्र बजार घट्दा पनि नेसनल माइक्रोफाइनान्स, हिमालयन डिस्टिलरी, कुबेर मर्चेन्ट फाइनान्सको मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो। तारागाउँ रिजेन्सीका लगानीकर्ताले ९ प्रतिशत मूल्य कमाए। जम्मा १० करोड मात्रै चुक्ता पुँजी भएको नेसनलको सेयर आपूर्ति संख्या न्यून हुँदा मूल्य उचालिएको हो। आजको कारोबारपछि उसको मूल्य प्रतिकित्ता २५२८ पुगेको छ।

यसअघि मेरो माइक्रोफाइनान्सको मूल्य त्यसैगरी उचालिएर ३ हजार नाघेको थियो। हाल उसको मूल्य २३८० रुपैयाँ छ।

यस दिन प्राइम लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै मूल्य चुकाए। कम्पनीको मूल्य प्रतिकित्ता १७१ अर्थात ५. ९ प्रतिशतले घटेको छ। कम्पनीले २५ प्रतिशत बोनस घोषणा गरेकै दिन मूल्य ओर्लिएको छ। यसअघि अनावश्यक हल्ला चलाएर कम्पनीको मूल्य बढाइएकोमा आज आधिकारिक घोषणापछि मूल्य घटेको हो। त्यस्तै सिन्धु विकास बैंकको मूल्य ४ प्रतिशतले घट्यो।

प्रतिक्रिया दिनुहोस
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा ठूलो गिरावट

    अमेरिका र इरानबीच स्विट्जरल्याण्डमा यही १९ जुन (शुक्रबार)मा शान्ति सम्झौता हुने...

असारका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  असार महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जेठको...

नबिल बैंक र धुलिखेल अस्पतालबीच रणनीतिक साझेदारीमा हस्ताक्षर

    नबिल बैंक लिमिटेड र धुलिखेल अस्पतालबीच अत्यावश्यक स्वास्थ्य सेवा सुदृढीकरण एवं...

ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य

    ग्लोबल आइएमई बैंक लिमिटेड र भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरबीच ग्राहकहरुलाई...