टेलिकमको अफरै अफर, फोन उठाउँदा बोनस पाइने साथै इन्टरनेट शुल्क पनि घट्यो



हाम्रो इकोनोमि

नेपाल टेलिकमले जीएसएमरसीडीएमए तथा एडीएसएलरएफटीटीएच सेवाका ग्राहकहरुका लागि प्रमोसनल अफर ल्याएको छ । अफर अनुसार टेलिकमले विदेशबाट आएको कल उठाउदा पनि अब बोनस दिने जनाएको छ । यो अफर भोलिदेखि लागू भई ९० दिनसम्म उपलब्ध गराइने टेलिकमले जनाएको छ ।

टेलिकमका अनुसार जीएसएमरसीडीएमए प्रिपेड र पोष्टपेडका ग्राहकले एक सातामा ७ मिनेट वा त्यो भन्दा बढी कल रिसिभ गर्दा नेपाल टेलिकमको नेटवर्क भित्र ७ मिनेट भ्वाइस कल गर्न र ७ वटा एसएमएस निःशुल्क पठाउन सक्ने छन् ।यस्तै टेलिकमले १ एमबीपीएससम्म गतिको एडीएसएल इन्टरनेट कर सहित मासिक रु. १००० मा उपलब्ध गराउने अफर पनि ल्याएको छ । पहिले मासिक १०१७ मा २५६ केबीपीएस गतिको एडीएसएल उपलब्ध थियो ।

त्यसैगरी टेलिकमले भोल्युम बेस्ड एडीएसएलको मूल्य पनि घटाइएको छ । पहिले २१ जीबी डाटाको लागि रु. १९८० शुल्क लिइएकोमा अब १५ जीबी डाटा रु. ३००– मै उपलब्ध हुने टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी २५ जीबी डाटाको रु. ५०० र ४० जीबीको डाटाको मूल्य रु. ७०० तोकिएको छ । यी डाटाको गति १ एमबीपीएस सम्म हुनेछ ।त्यसैगरी दर्ता शुल्क पनि घटाइएको छ । पहिले दर्ता शुल्क कर वाहेक रु. ५०० भएकोमा अब भोल्युम बेस्ड डाटाको लागि कर वाहेक रु. २०० र अनलिमिटेड डाटाको लागि रु. ३०० दर्ता शुल्क तोकिएको छ ।

यस्तै अब पहिलेकै मूल्यमा पहिले भन्दा डबल भोल्युमको एफटीटीएच सेवा प्राप्त गर्न सकिने पनि विज्ञप्तिमा उल्लेख छ । सो अनुरुप १० एमबीपीएस गतिको एफटीटीएच प्याकेज अन्तर्गत ३ महिनाका लागि २४० जीबी, ६ महिनाका लागि ५०० जीबी र १२ महिनाका लागि १२०० जीबी डाटा पहिलेकै मूल्यमा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । त्यसैगरी १०० एमबीपीएस गतिको प्याकेज अन्तर्गत १२ महिनाका लागि १२०० जीबी डाटा प्रयोग गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...