बैतडीको पूरै गाउँ विस्थापित हुने अवस्थामा



हाम्रो इकोनोमि

दोगडाकेदार गाउँपालिका वडा नं ६ सित्तडको डोलमा पहिराका कारण पूरै गाउँ विस्थापित हुने अवस्थामा पुगेको छ ।
लगातारको वर्षाका कारण सो ठाउँका करिब १५० परिवार पहिराको जोखिममा रहेको स्थानीयवासी लोकेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । विसं २०१८ देखि शुरु भएको पहिराले नौ जनाको ज्यान लिएको तथा २०० रोपनी खेत बगाइसकेको छ । अहिले पनि पहिराले खेत बगाउने क्रम जारी रहेको छ ।

यस वर्ष वर्षात् शुरु भएसँगै स्थानीयवासी लोगसिंह भाटको परिवार निकै जोखिममा परेको छ । घरको तलतिर पहिराले सबै आँगन बगाएपछि अहिले भाट परिवारको बिचल्ली भएको छ । पहिराले पानीघट्ट र सूर्य पन्त प्राविको खानेपानी ट्यांकी समेत बगाइसकेको छ । पहिराले धेरैको उठीबास गरिसकेको छ । आर्थिक अवस्था राम्रो भएकाहरु बसाइँसराइ गरिसकेका छन् भने आर्थिक अवस्था कमजोर भएका जोखिममा बस्न बाध्य भएका छन् । जमिनभित्र कमेरोयुक्त माटो भएकाले वर्षेनी पहिराले घरखेत बगाउँदै आएको छ ।

जोखिममा दुई विद्यालय

यहाँको लटिनाथ आधारभूत विद्यालय मेलथला र सूर्य पन्त आधारभूत विद्यालय डोल पहिराको जोखिममा परेका छन् । लगातारको वर्षाले पहिरो आउन थालेपछि विद्यालय पहिराको जोखिममा परेको दोगडाकेदार – ६ वडा कार्यालयका प्राविधिक लोकेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । विद्यालयसमेत पहिराको जोखिममा परेपछि स्थानीय बासिन्दा चिन्तित बनेका छन् ।

लगातारको वर्षाले गौकुराका मदनसिंह भण्डारीको घर आधा चर्र्किएको छ । पहिराका कारण नै गाउँ नै विस्थापित हुने अवस्थामा पुगेको स्थानीयवासी भूपेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

यस्तै शनिबार राति आएको वर्षाले पुर्चौडी नगरपालिका वडा नं ३ मा पहिरो जाँदा हर्क धामी र काशी धामीको घर जोखिममा परेका छन् । काशी धामीको घरमा पहिरो आउँदा गोठभित्र रहेका पशुचौपायालाई बाहिर निकाल्न नसकिएको वडाध्यक्ष दलबहादुर धामीले जानकारी दिनुभयो । मान्छे घरबाट बाहिर निस्कन सके पनि पशुचौपाया गोठमै थुनिएका छन् ।
अहिले हर्क र काशी आफ्नो घर छाडेर आफन्तका घरमा बसिरहेका छन् । पहिराले शंकर धानुक, हर्क धामीकोे खेत पनि पुरिदिएको छ । पहिराले बारीमा खेत नै बगाइदिएपछि झनै समस्या भएको उनीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
पोखरेल समूहको अवधारणापत्र पार्टीमा बुझाउने तयारी

     नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनबारे तयार पारिएको...

गोवाको नाइट क्लबमा आगलागी हुँदा ४ नेपालीको मृत्यु

    भारत गोवाको अरपोरा क्षेत्रमा रहेको नाइट क्लबमा शनिबार मध्यरातमा भएको आगलागीमा...

११४ दललाई निर्वाचन चिन्ह प्रदान, एमालेको ‘सूर्य’ पहिलो

    निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दर्ता...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...