भरतपुर मतगणना प्रकरण विवादकाे फैसला अाज अाउने संभावना



हाम्रो इकोनोमि

भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय विरुद्ध परेको परेको मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ ।

सर्वोच्च अदालतले जारी गरेको दैनिक कार्यसूची अनुसार, न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा उक्त रिट निवदेनमाथिको जवाफी बहस हुने छ।यसअघि रिट निवेदनको विपक्षमा महान्यायाधीवक्त र निर्वाचन आयोगका तर्फबाट वरिष्ठ अधिवक्ताहरुले बहस गरिसकेको अवस्थामा सम्भवत् आज रिट निवेदकको पक्षबाट वकिलहरुले जवाफी वहस गर्ने छन्।

त्यसपछि उक्त मुद्दाको अन्तिम फैसला अदालतले गर्ने छ।त्यसपछि स्थगित भएको मतगणनाको स्थलगत प्रतिवेदन र स्थानीय तह निर्वाचन सम्बन्धी ऐनको दफा ५० बमोजिम निर्वाचन आयोगले उक्त वडाको मतगणना रद्द गर्दै पुनःनिर्वाचनको निर्देशन दिएको थियो।

आयोगको उक्त निर्देशनको विरोध गर्दै एमालेका तर्फबाट सदस्य पदका उम्मेदवार गुञ्जमान विकसहित २ जनाले आयोगको निर्देशन खारेजीको माग गर्दै अदालतमा रिट निवेदन दर्ता गरेका थिए।जसलाई न्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासले कार्यान्वयन नगर्न नगराउन भन्दै थप सुनुवाइको प्रक्रियामा अघि बढाएको थियो।

महानगरपालिकाका २९ वडामध्ये २७ वटा वडाको मतगणना सम्पन्न भइसकेर वडा नम्बर १९ को मतगणना पनि अन्तिम अवस्थामा पुगेका बेला १४ जेठ राति माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि मतगणना स्थगित भएको थियो ।

भरतपुर– १९ मा पुनः मतदान गर्ने आयोगको निर्णय सदर गर्ने वा रोकिएको मतगणना पुनः सुचारु गर्ने भन्नेबारेमा सम्भवतः आजै सर्वोच्चले फैसला गर्नेछ

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...