एकताबद्ध भएर क्रियाशील बन्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन



हाम्रो इकोनोमि

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सङ्घ र प्रदेशको आसन्न निर्वाचनका लागि एकताबद्ध भएर क्रियाशील बन्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

नेपाली काँग्रेसका अगुवा कार्यकर्तासँग शनिबार आयोजित छलफल एवं अन्तरक्रियामा उहाँले राष्ट्र र लोकतन्त्रको रक्षाका लागि आसन्न प्रदेश र सङ्घको निर्वाचनमा काँग्रेसले जित्नु आवश्यक भएको बताउनुभयो ।

नेकपा ९एमाले०को सर्वसत्तावादी चरित्र लोकतन्त्रका लागि घातक हुने बताउँदै उहाँले लोकतन्त्र खतरामा पर्नुले राष्ट्र नै खतरामा पर्ने जिकिर गर्नुभयो ।

पार्टीमा धेरै संकट देखिएको बताउँदै उहाँले प्रत्येक नेता तथा कार्यकर्तामा मैलेभन्दा पनि पार्टीले जित्नुपर्छ भन्ने भावनाको विकास हुनुपर्र्ने उल्लेख गर्नुभयो ।

सामाजिक विकासका साथै जनसरोकारका विषयलाई बोकेर आमजनताको भावनालाई जित्नका लागि क्रियाशील बन्न उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी, जिल्लाका पूर्व सभापति सोभियतबहादुर अधिकारी, अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुँवर, देवराज चालिसे, गंगाधर पराजुली, शिरोमणि बराल, लक्ष्मी पाण्डे, माया बराल, नीलकण्ठ शर्मालगायतले स्थानीय तहको निर्वाचनमा भोगेको पराजयलाई आत्मसात् गरी आसन्न निर्वाचनमा पार्टीलाई विजयी बनाउन सबै आ–आफ्ना ठाउँबाट जुट्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
पोखरेल समूहको अवधारणापत्र पार्टीमा बुझाउने तयारी

     नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनबारे तयार पारिएको...

गोवाको नाइट क्लबमा आगलागी हुँदा ४ नेपालीको मृत्यु

    भारत गोवाको अरपोरा क्षेत्रमा रहेको नाइट क्लबमा शनिबार मध्यरातमा भएको आगलागीमा...

११४ दललाई निर्वाचन चिन्ह प्रदान, एमालेको ‘सूर्य’ पहिलो

    निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दर्ता...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...