भूकम्पपीडितलाई चार करोड अनुदान वितरण



हाम्रो इकोनोमि

म्याग्दीका भूकम्पपीडितलाई निजी आवास पुनःनिर्माणका लागि रु चार करोडभन्दा बढी अनुदान वितरण गरिएको छ ।

विसं २०७२ वैशाख १२ र २९ गतेको भूकम्प तथा त्यसपछिका परकम्पले घर पूर्ण क्षति भएका लाभग्राहीहरुको खातामा दुई वर्षपछि पहिलो किस्ता अनुदान वितरण गरिएको हो ।

आठसय ४५ घरपरिवार भूकम्पपीडितलाई रु ५० हजारका दरले रु चार करोड २२ लाख ५० हजार वितरण गरिएको जिल्ला समन्वय समितिका सूचना अधिकृत पदम भण्डारीले जानकारी दिनुभयो ।

आठसय ६८ घर पूर्ण क्षति भएको तथ्यांक भए पनि वडा कार्यालयमा निजी आवास पुनःनिर्माणका लागि सम्झौता गरेर सिफारिस भई आएकाको मात्र बैंक खातामा रकम जम्मा गरिएको सूचना अधिकृत भण्डारीले बताउनुभयो ।

उहाँका अनुसार पहिलो चरणमा भूकम्पपीडितको सूचीमा नाम छुटेकाको वडा कार्यालयमार्फत गुनासो संकलन गरी प्रमाणित गर्न दोस्रो चरणमा स्थलगत सर्वेक्षणका लागि प्राविधिक टोली खटाइने भएको छ ।

गत वैशाख १२ गतेअघि नै कम प्रभावित जिल्लाका भूकम्पपीडितको खातामा पनि पहिलो किस्ताबापतको रकम जम्मा गर्ने राष्ट्रिय पुनःनिर्माण कोषको लक्ष्य रहे पनि अनुदान सम्झौता समयमै नहुनु र स्थानीय तहको चुनावका कारण ढिलाइ भएको हो ।

लाभग्राहीसँग गरिएको सम्झौताका आधारमा जिल्ला समन्वय समितिको सिफारिसमा कोष तथा लेखा नियन्त्रकको कार्यालयले पीडितको बैंक खातामा चार चरणमा रु तीन लाख जम्मा गर्ने व्यवस्था छ । दोस्रो, तेस्रो र चौथो किस्ता पाउन लाभग्राहीले सरकारले तोकेको मापदण्डअनुसारको भवन निर्माण र प्रक्रिया पु¥याउनुपर्ने छ ।

जग हालेपछि दोस्रो किस्तामा रु एक लाख ५० हजार, छाना छाउनुअघि तेस्रो किस्ताबापत रु ७५ हजार र शौचालय तथा वैकल्पिक ऊर्जाको व्यवस्थाका लागि रु २५ हजार अन्तिम किस्ता उपलब्ध गराइने व्यवस्था छ । आवास पुनःनिर्माण गरिसकेका भूकम्पपीडितले अनुदान पाउन भवन तोकिएको मापदण्डअनुसारको भएको प्राविधिकबाट प्रमाणित र सिफारिस गराउनुपर्नेछ ।

अनुदान रकम पाएपछि चर्किएको, भत्किएको घर मर्मत गरेर बस्दै आएका भूकम्पपीडितले निजी आवास पुनःनिर्माणको तयारी गरेका छन् । अनुदान वितरण प्रक्रियामा ढिलाइ भएपछि कतिपयले आफ्नै तरिकाले घर पुनःनिर्माण गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
पोखरेल समूहको अवधारणापत्र पार्टीमा बुझाउने तयारी

     नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनबारे तयार पारिएको...

गोवाको नाइट क्लबमा आगलागी हुँदा ४ नेपालीको मृत्यु

    भारत गोवाको अरपोरा क्षेत्रमा रहेको नाइट क्लबमा शनिबार मध्यरातमा भएको आगलागीमा...

११४ दललाई निर्वाचन चिन्ह प्रदान, एमालेको ‘सूर्य’ पहिलो

    निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दर्ता...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...