देउवाका दूतले दिल्लीमा भाजपामा महासचिबलाइ किन भेटे?



हाम्रो इकोनोमि

पूर्व परराष्ट्रमन्त्री एवं नेपाली काँग्रेसका नेता डा प्रकाशशरण महत र भारतीय जनता पार्टीका महामन्त्री राममाधवबीच आज बिहान नयाँ दिल्लीमा भेटवार्ता भएको छ । भाजपा आबद्ध बुद्धिजीवीहरु (थिङट्याक) इन्डियन काउन्सिल फर इन्टरनेशनल कोअपरेशनद्वारा नयाँ दिल्लीमा आयोजित ‘नेपाल–भारत सम्बन्ध र भूराजनीतिक अवस्था’ विषयक गोष्ठीमा प्रमुख अतिथिका रुपमा सहभागी हुन डा महत नयाँ दिल्ली पुग्नुभएको हो ।

नयाँ दिल्लीबाट डा महतले दिनुभएको जानकारीअनुसार उहाँहरुबीच नेपाल–भारत सम्बन्धका साथै वर्तमान, राजनीतिक अवस्थाका विविध विषयमा कुराकानी भएको थियो । त्यसअवसरमा नेता डा महतले नेपालमा सम्पन्न स्थानीय तहको निर्वाचन तथा प्रदेश र केन्द्रको निर्वाचनको तयारीका विषयमा नेता माधवलाई जानकारी गराउनुभएको थियो । उहाँहरुबीच नेपाली काँग्रेस र भाजपाबीच आगामी दिनमा असल सम्बन्धलाई अझ सुदृढ गर्ने विषयमा समेत कुराकानी भएको थियो ।

प्रतिक्रिया दिनुहोस
पोखरेल समूहको अवधारणापत्र पार्टीमा बुझाउने तयारी

     नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनबारे तयार पारिएको...

गोवाको नाइट क्लबमा आगलागी हुँदा ४ नेपालीको मृत्यु

    भारत गोवाको अरपोरा क्षेत्रमा रहेको नाइट क्लबमा शनिबार मध्यरातमा भएको आगलागीमा...

११४ दललाई निर्वाचन चिन्ह प्रदान, एमालेको ‘सूर्य’ पहिलो

    निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दर्ता...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...