देउवाका दूतले दिल्लीमा भाजपामा महासचिबलाइ किन भेटे?



हाम्रो इकोनोमि

पूर्व परराष्ट्रमन्त्री एवं नेपाली काँग्रेसका नेता डा प्रकाशशरण महत र भारतीय जनता पार्टीका महामन्त्री राममाधवबीच आज बिहान नयाँ दिल्लीमा भेटवार्ता भएको छ । भाजपा आबद्ध बुद्धिजीवीहरु (थिङट्याक) इन्डियन काउन्सिल फर इन्टरनेशनल कोअपरेशनद्वारा नयाँ दिल्लीमा आयोजित ‘नेपाल–भारत सम्बन्ध र भूराजनीतिक अवस्था’ विषयक गोष्ठीमा प्रमुख अतिथिका रुपमा सहभागी हुन डा महत नयाँ दिल्ली पुग्नुभएको हो ।

नयाँ दिल्लीबाट डा महतले दिनुभएको जानकारीअनुसार उहाँहरुबीच नेपाल–भारत सम्बन्धका साथै वर्तमान, राजनीतिक अवस्थाका विविध विषयमा कुराकानी भएको थियो । त्यसअवसरमा नेता डा महतले नेपालमा सम्पन्न स्थानीय तहको निर्वाचन तथा प्रदेश र केन्द्रको निर्वाचनको तयारीका विषयमा नेता माधवलाई जानकारी गराउनुभएको थियो । उहाँहरुबीच नेपाली काँग्रेस र भाजपाबीच आगामी दिनमा असल सम्बन्धलाई अझ सुदृढ गर्ने विषयमा समेत कुराकानी भएको थियो ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...