माग्नेलाई भत्ता नदिन मन्त्रीको उर्दी



हाम्रो इकोनोमि

महिला तथा बालबालिका मन्त्री आशा कोइरालाले माग्ने जति सबैलाई सरकारले भत्ता दिन नसक्ने बताउनुभएको छ ।
आज भक्तपुरको लोकन्थलीमा अग्रज समाज नेपालले आयोजना गरेको सम्मान कार्यक्रममा उहाँले विभिन्न समूहले भत्ता माग गर्दै आएको अवस्थामा विकास बजेट काटेर भत्तावितरण गर्न नसकिने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो–“सरकारले ज्येष्ठ नागरिकलाई भत्ता दिँदै आएको छ, अब बेरोजगार भत्तादेखि विभिन्न समूहले भत्ता माग्न थालेका छन्, मागे जतिलाई भत्ता वितरण गर्ने हो भने विकास बजेट सकिन्छ, देशको विकास अड्किन्छ ।”
राज्यले ज्येष्ठ नागरिकको संरक्षणको दायित्व लिनुपर्ने औल्याउँदै उहाँले ज्येष्ठ नागरिकलाई पनि दिँदै आएको भत्तामा वृद्धि गरेर दोब्बर, तेब्बर भत्ता दिनसक्ने अवस्थामा सरकार नरहेको बताउनुभयो ।
कार्यक्रममा उहाँले भक्तपुरका नवनिर्वाचित जनप्रतिनिधि र पत्रकारलाई सम्मान गर्नुभएको थियो । कार्यक्रममा चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोम मिश्रले ज्येष्ठ नागरिकलाई बोझ मान्ने परिवार बढ्दै गएको अवस्थालाई रोक्न नसके भयावह हुनसक्नेमा सचेत हुनुपर्ने बताउनुभयो ।
अग्रज समाज नेपालका अध्यक्ष महाप्रसाद पराजुलीले जुनसुकै सरकारले पनि ज्येष्ठ नागरिकको मागलाई सम्बोधन नगर्ने र आश्वासन मात्रै दिने गरेको भन्दै रोष प्रकट गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...

ओली कुटीको राधिका शाक्यले गरिन् शिलान्यास

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घर निर्माणको काम थालिएको छ...