द्वन्द्वपीडितलाई रु पाँच करोड राहत



हाम्रो इकोनोमि

कास्कीका द्वन्द्वपीडितलाई रु पाँच करोड १६ लाख २५ हजार राहत वितरण गरिएको छ ।

दशवर्षीय सशस्त्र द्वन्द्वकालमा मृत्यु भएका ६० र बेपत्ता १९ जनाका परिवारलाई रु चार करोड २७ लाख ५० हजार वितरण गरिएको जिल्ला प्रशासन कार्यालयका लेखा अधिकृत महेश सिग्देलले जानकारी दिनुभयो ।

उहाँका अनुसार पीडितका परिवारले रु पाँच पाँच लाख पाएका छन् । मृतक तथा बेपत्ता भएका परिवारका सदस्यले रु १० लाख पाउनुपर्नेमा रु पाँच लाख यसअघि नै पाइसकेका थिए ।

त्यस्तै द्वन्द्वकालमा मृत्यु भएका सेना र प्रहरीका ३९ जनाका परिवारले रु ५८ लाख ५० हजार पाएका छन् । उनीहरुका परिवारले यसअघि रु आठ लाख ५० हजार बुझिसकेकाले यस पटक बाँकी रु एक लाख ५० हजार पाएका छन् । यसरी नै हिरासत बसेका ६२ जनाले रु २५ हजारका दरले रु १५ लाख ५० हजार र विस्थापित २५ परिवारले रु २५ हजारका दरले रु छ लाख २५ हजार पाएको लेखा अधिकृत सिग्देलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
पोखरेल समूहको अवधारणापत्र पार्टीमा बुझाउने तयारी

     नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनबारे तयार पारिएको...

गोवाको नाइट क्लबमा आगलागी हुँदा ४ नेपालीको मृत्यु

    भारत गोवाको अरपोरा क्षेत्रमा रहेको नाइट क्लबमा शनिबार मध्यरातमा भएको आगलागीमा...

११४ दललाई निर्वाचन चिन्ह प्रदान, एमालेको ‘सूर्य’ पहिलो

    निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दर्ता...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...