परियोजनामा ढिलाइ सरकारलाई सह्य छैन



हाम्रो इकोनोमि

शहरी विकासमन्त्री प्रभु साहले पर्सामा भइरहेको विकास निर्माण कार्यको प्रगतिबारे जानकारी लिनुका साथै स्थलगत अनुगमनसमेत गर्नुभएको छ ।

एसियाली विकास बैंक९एडिबी०द्वारा वीरगन्ज महानगरपालिकामा सञ्चालित शहरी वातावरणीय सुधार आयोजना तथा वीरगन्जकै अलौँमा निर्माण भइरहेको एकीकृत सुरक्षा जाँच चौकी ९आइसिपी०को मन्त्री साहले आज स्थलगत अनुगमन गर्नुभयो ।

मन्त्री साहले स्थलगत अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारी कार्यालयको आपसी समन्वयको अभावमा निर्माणमा ढिलाइ भएको बताउनुभयो । विकास निर्माणका लागि सरकारले पर्याप्त बजेट विनियोजन गरे पनि सरकारी कार्यालयका अधिकारीबीच समन्वयको कमी र ठेकेदारको बदमासीले निर्माण समयमा पूरा हुन नसकेको मन्त्री साहले गुनासो गर्नुभयो ।

ठेक्का लिने र विभिन्न बहाना बनाई समयमा काम पूरा नगर्ने ठेकेदार तथा कामको निगरानी गर्ने जिम्मा पाएको सरकारी अधिकारीसमेतलाई कारबाहीको दायरामा ल्याउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री साहले आइसिपीको निर्माणलाई तीव्रता दिई सन् २०१७ नोभेम्बरभित्र सम्पन्न गर्न ठेकेदारलाई निर्देशन दिइएको जानकारी दिनुभयो । जग्गाको मुआब्जा विवादलाई चाँडै हल गरी सडक निर्माणलाई गति दिइने उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...