एउटै नाकाको व्यापार घाटा रु तीन खर्ब २७ अर्ब



हाम्रो इकोनोमि

प्रमुख व्यापारिक नाका वीरगञ्जको व्यापार घाटा २२ गुणा पुगेको छ ।

आर्थिक वर्ष २०७३–७४ मा वीरगञ्ज नाका भएर भारत तथा तेस्रो मुलुकबाट रु तीन खर्ब ४२ अर्ब ८३ करोड ६३ लाखको विभिन्न मालसामान नेपाल भित्रिएको थियो ।

नेपालबाट भारत तथा तेस्रो मुलुकका लागि रु १४ अर्ब ९३ करोड २७ लाखको विभिन्न मालसामान निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख सेवन्तक पोखरेलले जानकारी दिनुभयो । गत आवमा वीरगञ्ज नाकाबाट निर्यातको तुलनामा रु तीन खर्ब २७ अर्ब ८० करोड ३६ लाख बढीको मालसामान आयात भएको थियो ।

गत आवको आयात निर्यातबीचको व्यापार घाटा २१.९५ गुणा रहेको पोखरेलले बताउनुभयो । निर्यातमा वृद्धी नगरे व्यापार घाटा अझै बढ्दै जाने उहाँको भनाइ छ । आव २०७२–७३ को तुलनामा गत आवमा वीरगञ्ज नाकाको व्यापार घाटा ३।१५ गुणाले वृद्धी भएको थियो ।

आव २०७२–७३ मा वीरगञ्ज नाकाबाट रु एक खर्ब ८१ अर्ब ९ कारोड २२ लाखको मालसामान आयात भएको तुलनामा रु ९ अर्ब ४९ करोड ८ लाखको निर्यात भई व्यपार घाटा १८.८ गुणा रहेको थियो । आव २०७१–७२ मा वीरगञ्ज नाकाको व्यापार घाटा १४.१८ गुणा रहेको थियो ।

आव २०७१–७२ मा सो नाकाबाट रु तीन खर्ब १२ अर्ब ५२ करोड ५१ लाखको मालसामान आयात भएको थियो भने रु २० अर्ब ५८ करोड ६९ लाखको मालसामान निर्यात भएको भन्सारले जनाएको छ । देशभित्र रहेका उद्योग पूर्ण क्षमतामा सञ्चालन नभएको कारण मुलुकमा परनिर्भता बढ्दै गएको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकास शर्माले बताउनुभयो ।

मुलुकभित्र उत्पादन भएका बस्तुभन्दा आयात गर्दा सस्तो पर्ने भएकाले उत्पादकत्व घटदै गएको छ । नेपाली बजार आयातमुखी हँदै गएको अध्यक्ष शर्माको भनाइ छ । वीरगञ्ज नाका भएर नेपालका लागि ६० प्रतिशत खाद्यान्न, ७० प्रतिशत पेट्रोलिय पदार्थ, ६० प्रतिश नयाँ सवारी साधन र ७० प्रतिशत औषधि आपूिर्त हुने गरेको छ ।

वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरलाई व्यवस्थित रुपमा सञ्चालन गर्न सरकारले पहल नगरेको तीन हजारभन्दा बढी उद्योग पूर्णक्षमतामा सञ्चालन हुन नसकेका अध्यक्ष शर्मा बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...