राप्रपा फेरी किन सरकारमा नजाने ? यस्तो रहेछ कारण !



हाम्रो इकोनोमि

राष्ट्रिय प्रजातन्त्र पार्टी तत्काल वर्तमान सरकारमा नजाने प्रष्ट पारेको छ ।

पार्टी अध्यक्ष कमल थापाको सभापतित्वमा आज बसेको केन्द्रीय पदाधिकारी बैठकले मधेस समस्या समाधान र संविधान कार्यान्वयन गर्न सरकार गम्भीर नभएको निष्कर्ष निकालेको छ ।

बैठकले आगामी भदौभित्र स्थानीय तहको निर्वाचन सम्पन्न भएका छ वटा प्रदेशमा अधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो ।

प्रदेश– १ को झापा, ३ को हेटौँडा, ४ को पोखरा, ५ नेपालगञ्ज, ६ को सुर्खेत र ७ को कञ्चनपुरमा अधिवेशन गरिने र प्रदेश नं २ मा चुनाव पश्चात् अधिवेशन गर्ने निर्णय गरेको छ ।

पार्टीका जनवर्गीय संगठनको निर्वाचन आगामी मंसिरभित्र सम्पन्न गर्ने, प्रत्येक गाउँपालिका, नगरपालिका र प्रदेशमा हिन्दूराष्ट्र जागरणसभा आगामी भदौ मसान्तसम्म सम्पन्न गर्ने बैठकले निर्णय गरेको छ ।

आगामी भदौभित्र सातै प्रदेशमा वृहत सनातन धर्म सम्मेलन आयोजना गरिने कार्यक्रम समेत छ ।

मुलुकको समसामयिक राजनीतिक परिस्थितिकाबारे समीक्षा गरिएको बैठकमा पार्टीले सरकारलाई दिएको समर्थन तत्काललाई कायमै राख्ने र उपयुक्त समयमा उचित निर्णय गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...