जनप्रतिनिधिलाई नेपाली पोशाक अनिवार्य



हाम्रो इकोनोमि

जिल्लाको छ थर गाउँपालिकामा निर्वाचित सबै जनप्रतिनिधिले नेपाली पोशाक प्रयोग गर्ने निर्णय गरेका छन् ।

गाउँपालिकाका महिला जनप्रतिनिधिले गुन्यूचोली र ढाकाको पछ््यौरा तथा पुरुष जनप्रतिनिधिले दौरा सुरुवाल, कोट र ढाकाको टोपी अनिवार्य रुपमा प्रयोग गर्ने निर्णय गरेका हुन् ।

बिहीबार बसेको गाउँकार्यपालिकाको पहिलो बैठकले कुनै पनि औपचारिक कार्यक्रममा जनप्रतिनिधिको रुपमा सहभागी हुँदा नेपाली पोशाक लगाउने र जिल्लाको गहनाको रुपमा ढाका कपडाको प्रवद्र्धनका लागि ढाकाका कपडासमेत प्रयोग गर्ने निर्णय भएको अध्यक्ष सन्तवीर तिगेलाले बताउनुभयो ।

बैठकले गाउँपालिकामा निर्वाचित कोही पनि प्रतिनिधिलाई बेरोजगार वा फुर्सदिलो नहुने गरी विभिन्न १० वटा विषयगत समिति समेत गठन गरेको छ । गाउँकार्यपालिकाले विगतदेखि हालसम्म सञ्चालनमा रहेका सबै योजनाको अनुगमन, निरीक्षण र पारदर्शी बनाउनमा जोड दिने निर्णय गरेको छ ।

जिल्लाका कान्छा प्रमुखका रुपमा चर्चामा आएका युवा नेता तिगेलाले पाँच वर्षभित्र गाउँपालिकालाई नमुना गाउँपालिका बनाउने गरी टिमलाई क्रियाशील बनाएर काम गर्ने बताउनुभयो ।

उहाँले गाउँपालिकाको समृद्धिका लागि निर्वाचित भएका सबै जनप्रतिनिधिलाई सक्रिय राख्न सबैको आ–आफ्नो क्षमता र दक्षता बमोजिमको जिम्मेवारी दिइएको उल्लेख गर्नुभयो ।

छथर गाउँपालिकाका लागि सरकारले रु २३ करोड ४५ लाख बराबरको बजेट सीमा तोकिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...