नौ कमाण्डर सहित १ सय ४९ जना मारिए



हाम्रो इकोनोमि

अफगानिस्तानमा भएको पछिल्लो सुरक्षा कारबाहीमा परी नौ जना कमाण्डर सहित कम्तीमा १४९ जनाको मृत्यु भएको छ ।

गत चौविस घण्टाको अवधिमा अन्य ११६ जना घाइते पनि भएको रक्षा मन्त्रालयले बिहीबार जनाएको छ ।

“अफगान सुरक्षा फौजले देशभरीका विभिन्न ठाँउमा सुरक्षा कारबाही चलाएको थियो, त्यसक्रममा नौ जना कमाण्डर सहित कम्तीमा १४९ जना लडाकूहरु मारिएका छन् । अरु तीन जना अलकायदाका सदस्य थिए भने आठ जना इस्लामिक स्टेट(आइएस)का लडाकू थिए,” मन्त्रालयद्वारा जारी वक्तव्यमा भनिएको छ ।

सुरक्षा कारबाही नान्गार्हार, कुनार, नुरिस्टान, कापिसा, वर्डाक, पाक्टीअ, पाक्टीका, उरोज्गान, हेराट, घोर, कुन्दुज, फार्याब, बाघलान, बाडाखशान र हेल्मन्ड प्रान्तमा भएको मन्त्रालयले जनाएको छ ।

सुरक्षा निकायहरुले १७ ओटा ‘क्लिनअप अपे्रसन’, २५ विषेश सुरक्षा कारबाही र दुई रात्रिकालिन सुरक्षा कारबाही ११ प्रान्तमा गरेको थियो ।

तर सुरक्षा निकाय तर्फ कुनै क्षति भएको वा नभएको बारेमा वक्तव्यमा केही उल्लेख गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस
मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

हङकङको एक हाउजिङमा आगलागी हुँदा ४४ जनाको मृत्यु

    हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४...