६ दिनको तिब्बत भ्रमण सकेर एमाले अध्यक्ष ओली आज स्वदेश फर्कँदै



हाम्रो इकोनोमि

ओली आजै मध्याह्न एयर चाइनाको उडानबाट स्वदेश फर्किंदैछन् ।

आज स्वदेश फर्किन लागेका ओलीसँग चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वशासित क्षेत्रका सेक्रेटरी तथा तिब्बत स्वशासित क्षेत्रको जनकंग्रेसका स्थायी कमिटि अध्यक्षले लुसाङ जियाङसुन साङले भेटवार्ता गरेका छन् । तिब्बतको साकायर होटलमा बसेका ओलीसँग चिनियाँ नेताको भेटवार्ता भएको र भेटवार्ताप्छि ओलीको सम्मानमा रात्रिभोज समेत आयोजना गरिएको स्वकीय सचिव अनिश दाहालले जानकारी दिए ।

ओलीले आफू प्रधानमन्त्री हुँदा गरेको चीन भ्रमणका क्रममा १० बुँदे सम्झौता भएको र १५ बुँदे संयुक्त वक्तव्य स्मरण गर्दै सम्झौताहरु कार्यान्वयन गराउनका लागि नेपाल सरकारलाई दबाब दिइरहेको बताएका थिए ।यसअघि ओलीसँग तिब्बत जनसरकारका अध्यक्ष छिटालाले औपचारिक भेटवार्ता गरेका थिए ।

साउन ७ गते मानवसरोबरको यात्रामा निस्किएका ओलीलाई तिब्बत सरकारका सहायक अध्यक्ष लो मई तथा तिब्बत जनकांग्रेसका अध्यक्ष चु च्यानह्वाले ल्हासाको गोंगर विमानस्थलमा स्वागत गरेका थिए ।

मानसरोबरको सफल यात्रापछि ओलीलाई त्यहाँका चिनियाँ कम्युनिष्ट पार्टीका उपमहासचिव तथा आली प्रिफेक्चरका कमिस्नर श्री फङ छोरले उनको सम्मानमा रात्रिभोज आयोजना गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...