६ दिनको तिब्बत भ्रमण सकेर एमाले अध्यक्ष ओली आज स्वदेश फर्कँदै



हाम्रो इकोनोमि

ओली आजै मध्याह्न एयर चाइनाको उडानबाट स्वदेश फर्किंदैछन् ।

आज स्वदेश फर्किन लागेका ओलीसँग चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वशासित क्षेत्रका सेक्रेटरी तथा तिब्बत स्वशासित क्षेत्रको जनकंग्रेसका स्थायी कमिटि अध्यक्षले लुसाङ जियाङसुन साङले भेटवार्ता गरेका छन् । तिब्बतको साकायर होटलमा बसेका ओलीसँग चिनियाँ नेताको भेटवार्ता भएको र भेटवार्ताप्छि ओलीको सम्मानमा रात्रिभोज समेत आयोजना गरिएको स्वकीय सचिव अनिश दाहालले जानकारी दिए ।

ओलीले आफू प्रधानमन्त्री हुँदा गरेको चीन भ्रमणका क्रममा १० बुँदे सम्झौता भएको र १५ बुँदे संयुक्त वक्तव्य स्मरण गर्दै सम्झौताहरु कार्यान्वयन गराउनका लागि नेपाल सरकारलाई दबाब दिइरहेको बताएका थिए ।यसअघि ओलीसँग तिब्बत जनसरकारका अध्यक्ष छिटालाले औपचारिक भेटवार्ता गरेका थिए ।

साउन ७ गते मानवसरोबरको यात्रामा निस्किएका ओलीलाई तिब्बत सरकारका सहायक अध्यक्ष लो मई तथा तिब्बत जनकांग्रेसका अध्यक्ष चु च्यानह्वाले ल्हासाको गोंगर विमानस्थलमा स्वागत गरेका थिए ।

मानसरोबरको सफल यात्रापछि ओलीलाई त्यहाँका चिनियाँ कम्युनिष्ट पार्टीका उपमहासचिव तथा आली प्रिफेक्चरका कमिस्नर श्री फङ छोरले उनको सम्मानमा रात्रिभोज आयोजना गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...

ओली कुटीको राधिका शाक्यले गरिन् शिलान्यास

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घर निर्माणको काम थालिएको छ...