मोदीले जंगिदै भने- यदि हिम्मत छ भने मलाई गोली हान



हाम्रो इकोनोमि

माओवादी केन्द्रका सांसद अनमनलाल मोदीले भू–माफियाहरूले सर्वसाधारण जनतालाई झुक्याउने, धम्की दिने काम गरिरहेको आरोप लगाएका छन् ।
उनले भने,‘यदि हिम्मत छ भने मलाई गोलि हान, सर्वसाधरण जनता र सार्वजनिक जग्गामा आँखा नलगाउ, अब तिमीहरु कानुनको बलियो फन्दामा पर्ने दिन नजिंकिदै छन्, अब हामी कुनैपनि हालतमा छोड्नेवाला छैनौ।’सरकारी, सार्वजनिक एवम् गुठि जग्गा संरक्षण संघर्ष समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सांसद मोदीले उक्त कुरा बताएका हुन्।

त्यस्तै संघर्ष समितिका संयोजक एवम् अधिवक्ता अर्जुन बासुले राजधानीको मुटु प्रधानमन्त्रीजस्तो उच्च पदस्थ बस्ने बालुवाटारको जग्गा समेत नीजिकरण गर्ने साहस गरिरहेको अवस्थामा सरकारी निकाय नै चुप लागेर बस्नुमा ठुलो चलखेल रहेको पुष्टि हुने स्पष्ट पारे ।

त्यस्तै समितिका महासचिव युवराज कोईरालाले भू–माफियाहरूले सरकार र अदालतलाई समेत दिग्भ्रमित पार्ने खालका काम गरेर सार्वजनिक रोक्का गरिएका जग्गा समेत बिक्रि गरिहरको बताए ।

उनले भने,‘संसदले समेत गरेको निर्णयलाई अटेर गरेका संरचना निर्माण गर्ने जग्गा बिक्रि गर्नेजस्ता कामहरु गरिरहेका छन्।’

भू–माफिया मात्रै भन्नुहुन्छ तर कसैको नाम तोक्नुहुदैन नि भनेर पत्रकारले गरेको प्रश्नको जवाफमा कोईरालाले रुक्मशमशेर राणा, शैलजा राणा, हाटक शमसेर जबरा, सुनीति राणा लगायत व्यक्तिहरुले बिचाराधिन अवस्थामा रहेका जग्गाहरु बिक्रि गरेको बताए।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...