मोदीले जंगिदै भने- यदि हिम्मत छ भने मलाई गोली हान



हाम्रो इकोनोमि

माओवादी केन्द्रका सांसद अनमनलाल मोदीले भू–माफियाहरूले सर्वसाधारण जनतालाई झुक्याउने, धम्की दिने काम गरिरहेको आरोप लगाएका छन् ।
उनले भने,‘यदि हिम्मत छ भने मलाई गोलि हान, सर्वसाधरण जनता र सार्वजनिक जग्गामा आँखा नलगाउ, अब तिमीहरु कानुनको बलियो फन्दामा पर्ने दिन नजिंकिदै छन्, अब हामी कुनैपनि हालतमा छोड्नेवाला छैनौ।’सरकारी, सार्वजनिक एवम् गुठि जग्गा संरक्षण संघर्ष समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सांसद मोदीले उक्त कुरा बताएका हुन्।

त्यस्तै संघर्ष समितिका संयोजक एवम् अधिवक्ता अर्जुन बासुले राजधानीको मुटु प्रधानमन्त्रीजस्तो उच्च पदस्थ बस्ने बालुवाटारको जग्गा समेत नीजिकरण गर्ने साहस गरिरहेको अवस्थामा सरकारी निकाय नै चुप लागेर बस्नुमा ठुलो चलखेल रहेको पुष्टि हुने स्पष्ट पारे ।

त्यस्तै समितिका महासचिव युवराज कोईरालाले भू–माफियाहरूले सरकार र अदालतलाई समेत दिग्भ्रमित पार्ने खालका काम गरेर सार्वजनिक रोक्का गरिएका जग्गा समेत बिक्रि गरिहरको बताए ।

उनले भने,‘संसदले समेत गरेको निर्णयलाई अटेर गरेका संरचना निर्माण गर्ने जग्गा बिक्रि गर्नेजस्ता कामहरु गरिरहेका छन्।’

भू–माफिया मात्रै भन्नुहुन्छ तर कसैको नाम तोक्नुहुदैन नि भनेर पत्रकारले गरेको प्रश्नको जवाफमा कोईरालाले रुक्मशमशेर राणा, शैलजा राणा, हाटक शमसेर जबरा, सुनीति राणा लगायत व्यक्तिहरुले बिचाराधिन अवस्थामा रहेका जग्गाहरु बिक्रि गरेको बताए।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...