सुरक्षाबलको कारबाहीमा ४५ तालिबान मारिए



हाम्रो इकोनोमि

अफगानिस्तानको पूर्वी प्रान्त नुरिस्तानमा अफगान सेनाको कारबाहीमा परी ४५ तालिबान मारिएका छन् ।

तालिबान आतङ्ककारीले अफगान सेनामाथि गरेको आक्रमणको जवाफी कारबाहीको क्रममा कम्तीमा ४५ जना आतङ्ककारी मारिएका अफगानिस्तानको रक्षा मन्त्रालयले जनाएको छ ।

सो कारबाहीका क्रममा आतङ्ककारीका सातजना कमाण्डर पनि मारिएका सो मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

नुरिस्तान प्रान्तको वेगाल जिल्लामा सयौँको सङ्ख्यामा आएका तालिबान आतङ्ककारीले गरेको आक्रमणको क्रममा सुरक्षाबलसँग भएको दोहोरो भिडन्तको क्रममा ४५ आतङ्ककारी मरिनुको साथै अन्य ५० जना घाइते भएका थिए ।

तालिबान आतङ्ककारीको आखडा खोजेर अफगान सेनाले हवाई आक्रमण गर्ने गरेको छ । सो कारबाहीमा पछिल्लो समय कैयौँ तालिबान मारिएका छन् ।

मन्त्रालयले यस कारबाहीमा सुरक्षा बलतर्फ कुनै हताहत भएको विवरण प्राप्त नभएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...