सुरक्षाबलको कारबाहीमा ४५ तालिबान मारिए



हाम्रो इकोनोमि

अफगानिस्तानको पूर्वी प्रान्त नुरिस्तानमा अफगान सेनाको कारबाहीमा परी ४५ तालिबान मारिएका छन् ।

तालिबान आतङ्ककारीले अफगान सेनामाथि गरेको आक्रमणको जवाफी कारबाहीको क्रममा कम्तीमा ४५ जना आतङ्ककारी मारिएका अफगानिस्तानको रक्षा मन्त्रालयले जनाएको छ ।

सो कारबाहीका क्रममा आतङ्ककारीका सातजना कमाण्डर पनि मारिएका सो मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

नुरिस्तान प्रान्तको वेगाल जिल्लामा सयौँको सङ्ख्यामा आएका तालिबान आतङ्ककारीले गरेको आक्रमणको क्रममा सुरक्षाबलसँग भएको दोहोरो भिडन्तको क्रममा ४५ आतङ्ककारी मरिनुको साथै अन्य ५० जना घाइते भएका थिए ।

तालिबान आतङ्ककारीको आखडा खोजेर अफगान सेनाले हवाई आक्रमण गर्ने गरेको छ । सो कारबाहीमा पछिल्लो समय कैयौँ तालिबान मारिएका छन् ।

मन्त्रालयले यस कारबाहीमा सुरक्षा बलतर्फ कुनै हताहत भएको विवरण प्राप्त नभएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस
मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

हङकङको एक हाउजिङमा आगलागी हुँदा ४४ जनाको मृत्यु

    हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४...