प्रदेश र केन्द्रको चुनावपछि माओवादीको महाधिवेशन



हाम्रो इकोनोमि

नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले नेकपा माओवादी केन्द्रको महाधिवेशन प्रदेश र केन्द्रको निर्वाचन पछि मात्र आफ्नो पार्टीको महाधिबेशन हुने बताएकि छिन् । रफत सञ्चार क्लवले बिहिवार गरेको साक्षतकारमा बोल्दै प्रवक्ता भुसालले यस्तो बताएकि हुन् । त्यस्तै उनले आफ्नो पार्टीमा ठूलो महाधिवेशन आयोजक समिति भद्दा देखिएकोले पार्टीको बैठकले सानो बनाएको बताएकि छिन् ।

त्यस्तै संसदमा जब दुई तिहाई मत पुग्छ तब संसदमा संविधान संशोधन प्रस्ताव सरकारले लैजाने बताएकी छिन् । प्रवक्ता भुसालले अहिले संसदमा दुई तिहाई मत नभएकोले संशोधन प्रस्ताव लैजानुको अर्थ नभएको भन्दै सरकार संशोधन प्रस्तावको लागि दुई तिहाईको कसरतमा लागेको बताएकि हुन् ।

उनले राप्रपाले सरकारमा सहभागी नभए पनि संशोधन प्रस्तावको पक्षमा मत दिनेमा सरकार बिश्वस्त रहेको बताइन । निर्वाचन क्षेत्र निर्धारण आयोगले तोकिएको समयमा प्रतिबेदन आउने र संसदबाट निर्वाचन सम्बन्धी विधेयक छिट्टै पारित हुने भन्दै उनले त्यस पछि बाँकी रहेको तेस्रो चरणको स्थानिय तहको चुनाव, प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयन हुने बताइन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...

ओली कुटीको राधिका शाक्यले गरिन् शिलान्यास

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घर निर्माणको काम थालिएको छ...