निर्वाचन क्षेत्र निर्धारण दबाब र स्वार्थबाट नहोस्: एमाले



हाम्रो इकोनोमि

नेकपा (एमाले) स्थायी कमिटीको आजको बैठकले नेपालको संविधानको धारा २२०९३० अन्तर्गत हुने जिल्ला समन्वय समितिको निर्वाचनअन्तर्गत पर्वतमा मनोहर पौडेल विश्वकर्मालाई प्रमुख तथा यमकुमारी रानालाई उपप्रमुख एवं मुस्ताङमा छिरिङल्हामु गुरुङलाई प्रमुख र रिञ्जिननाम्गेल गुरुङलाई उपप्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

एमाले कावा अध्यक्ष वामदेव गौतमको अध्यक्षतामा आज पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा बसको बैठकले सरकारले निकै ढिलो गरेर निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेकाले त्यससम्बन्धी काम निर्धारित समयमा सम्पन्न हुन नसकेर २०७४ माघ ७ भित्रै तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने संविधानले तोकेको दायित्व पूरा नहुने हो कि भन्ने आशंका पैदा भएको
जनाएको पार्टी केन्द्रीय सचिवालयका तर्फबाट सचिव प्रदीप ज्ञवालीले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

निर्वाचन क्षेत्र निर्धारण गर्दा अनुचित राजनीतिक हस्तक्षेप, स्वार्थ र दबाबबाट मुक्त रहन र समयमै काम सम्पन्न गर्न पार्टीले आयोगसँग आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...