संशोधन प्रस्ताव पारित गर्न हरसम्भव प्रयत्न गर्छौं: महामन्त्री कोइराला



हाम्रो इकोनोमि

नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले व्यवस्थापिका–संसद्मा दर्ता संविधान संशोधन प्रस्ताव प्रक्रिया अघि बढाइने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यसँग आज आफ्नो निवास महाराजगञ्जमा कुरा गर्र्दै उहाँले संशोधन प्रस्ताव पारित भए या नभए पनि प्रक्रिया अघि बढाउने धारणा व्यक्त गर्नुभयो ।

महामन्त्रीे डा कोइरालाले भन्नुभयो, “पार्टी केन्द्रीय समितिका अधिकांश सदस्यको धारणा पनि प्रक्रिया अघि बढाउनुपर्छ भन्ने हो, संशोधन प्रस्ताव पारित गर्न अघि बढाउन हरसम्भव प्रयत्न गर्छौं ।”

उहाँले बताउनुभयो, “मधेस केन्द्रित दलले संशोधन प्रस्ताव पारित गर्नैपर्ने माग गरेकामा त्यसमा हाम्रो पूर्ण प्रयत्न रहन्छ तर सबै हाम्रो हातमा छैन ।”

पार्टीभित्र भागबण्डाको प्रवृत्ति बढ्दै गएको हो, भन्ने सञ्चारकर्मीको जिज्ञासामा महामन्त्रीे डा कोइरालाले त्यसमा भागबण्डा नभई सबैलाई मिलाउन गरिएको सहमतिको प्रयास हो भन्नुभयो । राजनीतिक भागबण्डाको संस्कृतिलाई अन्त्य गर्न आफ्नो प्रयास सदैव जारी रहने डा।कोइरालको भनाइ थियो ।

कार्यक्रममा युनियनका अध्यक्ष बद्री सिग्देलले नेपाल पत्रकार महासङ्घको साझा चरित्र बचाउन पर्ने आवश्यकता औँल्याउनुभयो ।
महासङ्घको महाधिवेशनमा युनियनका तर्फबाट निष्पक्ष तरिकाले सक्षम उम्मेदवार चयन गरिने प्रतिबद्धता व्यक्त गर्दै उहाँले पार्टीका तर्फबाट कुनै पनि प्रकारको हस्तक्षेप हुन नहुनेमा जोड दिनुभयो ।

युनियन केन्द्रीय समितिका पदाधिकारी र सदस्यका लागि आयोजित चियापान कार्यक्रममा महासङ्घ र युनियनका पूर्वअध्यक्षसहितका पत्रकारको उपस्थित थियो । बुधबार राजधानीमा युनियनको केन्द्रीय समिति बैठक सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...