सामान्य अंकले बढेर १६४६ पुग्यो नेप्से परिसुचक



हाम्रो इकोनोमि

साताको अन्तिम दिन नेप्से परिसूचक १.५० अंकले बढेर १६४६.५३ अंकमा पुगेको छ । आज १४९ कम्पनीको एक अर्ब १५ करोड बराबरको सेयर खरिद बिक्री भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १४ करोड कम हो । विहीबारको बजारमा बीमा, वित्त र जलविद्युत बाहेकका सबै सूचक सकारात्मक रहेका छन ।

यसदिन वाणिज्य बैंक समूहको सूचक ६.१३ अंकले बढेपछि नेप्से घट्न पाएन, विकास बैंक, होटल, उत्पादन र अन्य समूहका सूचक समेत बढेका छन । बीमा समूहको सूचक घटेपनि कारोबार रकममा भने वाणिज्य बैंक समूहलाई उछिनेको छ । यसदिन वाणिज्य बैंक समूहमा २२ करोड बराबरको कारोबार हुँदा बीमा समूहमा ५३ करोड बढीको कारोबार भयो ।

विहीबारको कारोबारमा प्रभु इन्स्योरेनसको सबैभन्दा धेरै ५ करोड ८५ लाख बराबरको सेयर किनबेच भयो । प्राइम लाईफ इन्स्योरेन्सको पनि पाँच करोड बढीको सेयर किनबेच भएको छ । सगरमाथा इन्स्योरेन्स, नेपाल लाईफ, नेशनल लाइफ लगायतका कम्पनी उच्च कारोबार गर्नेको सूचिमा अगाडि रहेका छन ।

यसदिन काबेली विकास बैंकको सेयरमूल्य सबैभन्दा धेरै दश प्रतिशतले बढेको छ । यस्तै हिमालयन डिष्टलरी,लुम्बिनी विकास बैंक र कालिका माइक्रोक्रेडिटको सेयरमूल्य पनि नौ प्रतिशत बढीले उकालो लागेको छ । मेरो माइक्रोफाइनान्स, ओरेन्टल होटल लगायतको सेयरमूल्य बढेको छ ।

अरुण फाइनान्सको सबैभन्दा धेरै ६ प्रतिशतले सेयरमूल्य घटेको छ । राष्ट्रिय बीमा कम्पनी रिलायन्स फाइनान्स, कुवेर मर्चेन्ट तथा सूर्य लाईफ इन्स्योरेन्स लगायतको सेयरमूल्य पनि घटेको छ ।

प्रतिक्रिया दिनुहोस
नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

प्रभु बैँकका ग्राहकलाई ससः त्वामा १५ प्रतिशतसम्म छुट

    प्रभु बैँक लिमिटेड र कीर्तिपुर नगरपालिका–३ सागलस्थित ससः त्वा हस्पिटालिटी प्रालिबिच...

प्रभु बैंकले ३ करोडसम्म घर कर्जा दिने

    प्रभु बैंक लिमिटेडले घर तथा सवारी साधन खरिदका लागि नयाँ होम...

माछापुच्छ्रे बैंकको डिसिइओमा पाँडे

    माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)मा कल्याणविक्रम पाँडे नियुक्त...