सामान्य अंकले बढेर १६४६ पुग्यो नेप्से परिसुचक



साताको अन्तिम दिन नेप्से परिसूचक १.५० अंकले बढेर १६४६.५३ अंकमा पुगेको छ । आज १४९ कम्पनीको एक अर्ब १५ करोड बराबरको सेयर खरिद बिक्री भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १४ करोड कम हो । विहीबारको बजारमा बीमा, वित्त र जलविद्युत बाहेकका सबै सूचक सकारात्मक रहेका छन ।

यसदिन वाणिज्य बैंक समूहको सूचक ६.१३ अंकले बढेपछि नेप्से घट्न पाएन, विकास बैंक, होटल, उत्पादन र अन्य समूहका सूचक समेत बढेका छन । बीमा समूहको सूचक घटेपनि कारोबार रकममा भने वाणिज्य बैंक समूहलाई उछिनेको छ । यसदिन वाणिज्य बैंक समूहमा २२ करोड बराबरको कारोबार हुँदा बीमा समूहमा ५३ करोड बढीको कारोबार भयो ।

विहीबारको कारोबारमा प्रभु इन्स्योरेनसको सबैभन्दा धेरै ५ करोड ८५ लाख बराबरको सेयर किनबेच भयो । प्राइम लाईफ इन्स्योरेन्सको पनि पाँच करोड बढीको सेयर किनबेच भएको छ । सगरमाथा इन्स्योरेन्स, नेपाल लाईफ, नेशनल लाइफ लगायतका कम्पनी उच्च कारोबार गर्नेको सूचिमा अगाडि रहेका छन ।

यसदिन काबेली विकास बैंकको सेयरमूल्य सबैभन्दा धेरै दश प्रतिशतले बढेको छ । यस्तै हिमालयन डिष्टलरी,लुम्बिनी विकास बैंक र कालिका माइक्रोक्रेडिटको सेयरमूल्य पनि नौ प्रतिशत बढीले उकालो लागेको छ । मेरो माइक्रोफाइनान्स, ओरेन्टल होटल लगायतको सेयरमूल्य बढेको छ ।

अरुण फाइनान्सको सबैभन्दा धेरै ६ प्रतिशतले सेयरमूल्य घटेको छ । राष्ट्रिय बीमा कम्पनी रिलायन्स फाइनान्स, कुवेर मर्चेन्ट तथा सूर्य लाईफ इन्स्योरेन्स लगायतको सेयरमूल्य पनि घटेको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

    विशेषगरी उद्योगी एवम् व्यवसायीहरुले चासोका साथ हेरिएको मौद्रिक नीति भोलि शुक्रबार