चौबीस करोड राजश्व संकलन



हाम्रो इकोनोमि

कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले आर्थिक वर्ष २०७३–७४ मा रु २४ करोड ७७ लाख राजश्व संकलन गरेको छ ।

कार्यालयले लक्ष्यभन्दा रु सात करोड ७४ लाख बढी राजश्व संकलन गरेको छ । सो कार्यालयले गत आवमा रु १७ करोड तीन लाख राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो ।

कञ्चनपुर भन्सार कार्यालयका भन्सार अधिकृत विकास कुमारले राजश्व संकलनमा वृद्धि हुँदै गइरहेको बताउनुभयो । अघिल्लो आर्थिक वर्षमा भन्सार प्रशासनमा गरिएको सुधारका कारण राजश्व वृद्धि हुँदै गएको उहाँको भनाइ छ । आव २०७२–७३ मा रु २२ करोड ८६ लाख राजश्व संकलन गरेको थियो ।

गत आवमा लक्ष्यभन्दा १४५ प्रतिशत राजश्व संकलन भएको भन्सार अधिकृत कुमारले राससलाई जानकारी दिनुभयो । यो आव २०७२–७३ भन्दा नौ प्रतिशत कम हो । भन्सार क्षेत्रमा गरिएको विभिन्न प्रकारका सुधार तथा जनचेतला बढेका कारण राजश्व असुलीमा वृद्धि हुँदै गइरहेको छ ।

तत्कालिन प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीको समयमा भन्सार चेकपोष्टमा सिसिटिभी क्यामेरा जडान, भन्सार कार्यालयको आन्तरिक पक्षको सुधारलगायत कार्यले राजश्व संकलनमा सुधार आएको हो । गड्डाचौकी भन्सारबाट दैनिक उपभोग्य सामग्री आयात गरिँदै आएको छ भने यहाँबाट हस्तकलाका सामग्रीका साथै जडीबुडी बढी मात्रामा भारततर्फ निर्यात हुने गरेको छ । खुल्ला सिमानाका र फितलो सुरक्षाका कारण यहाँका विभिन्न नाकाबाट भन्सार छलेर भारतीय सीमावर्ती बजारबाट सामान भित्र्याउने क्रम रोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...