भ्रष्टाचार र अनियमितता हुन दिन्न: खेलकुद मन्त्री केसी



हाम्रो इकोनोमि

नवनियुक्त युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले भ्रष्टाचार र अनियमितता हुन नदिने बताएका छन् । बुधबार शितल निवासमा शपथपछि सिंहदरबारस्थित मन्त्रालयमा पद बहाली गर्दै मन्त्री केसीले यस्तो बताएका हुन् ।

“आफू मातहतको निकायमा भ्रष्टचार र अनियमितत हुन दिन्न । म पनि लेखा समितिमा काम गर्दै आएको छु । खेलकुदका अनियमितताका विषयमा मलाई पनि थाहा छ । पार्टीमा म निस्कलंक र इमानदार कार्यकर्ताका रुपमा स्थापित छु,” मन्त्री केसीले भने, “त्यसैले मलाई पार्टीले जिम्मेवारी दिएको हो । आफ्नो जिम्मेवारीलाई पूरा गर्न प्रतिबद्ध भएर अगाडि बढ्ने छु ।”

मन्त्री केसीले नेपालको भूगोल सुहाउँदो र पदकको सम्भावना भएको खेललाई प्राथमिक दिनु पर्नेमा जोड दिँदै नेपाल सरकारको ध्यान मन्त्रालयमा केन्द्रीत गर्ने गरी काम गर्ने वचनवद्धता प्रकट गरे । मुलुकलाई समृद्ध बनाउन युवालाई उत्पादनमूलक काममा सही ढंगले परिचालन गर्न आवश्यक रहेको बताउँदै उनले खेलकुद अन्तर्राष्ट्रिय जगतमा मुलुकको प्रतिष्ठा अभिबृद्धि गर्ने महत्वपूर्ण माध्यम भएको बताए ।

दोश्रो संविधानसभाको निर्वाचनमा काठमाडौं क्षेत्र नं. १० बाट निर्वाचित ५९ वर्षीय चोभार निवासी केसी राजनीति करियरमा पहिलोपटक मन्त्री बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको ५० प्रतिशत निर्माण सम्पन्न

    चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य...

इरानी फुटबल टोली अमेरिका पुग्यो

  अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भएकै समयमा इरानको राष्ट्रिय...

त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...