आधारभूत स्वास्थ्य सेवा प्रभावकारी बनाउनुपर्छ: प्रधानमन्त्री



हाम्रो इकोनोमि

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिवद्ध रहेकोे बताएका छन् । प्रधानमन्त्री देउवाले आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने गरी सरकारले नीतिगत, कानुनी र संस्थागत संरचना व्यवस्थापनको काम गरिरहेको पनि स्पष्ट पारे ।

वीर अस्पतालको १२८ औं वार्षिकोत्सवको अवसरमा विहिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले वीर अस्पतालको क्षमता वृद्धिका लागि आवश्यक सबै खालको व्यवस्था गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । त्यस अवसरमा प्रधानमन्त्री देउवाले वीर अस्पतालको सेवालाई गुणस्तरीय बनाउन सरकारले पर्याप्त बजेटको व्यवस्था गरेको पनि स्मरण गराए ।

प्रधानमन्त्री देउवाले सबै नागरिकलाई प्रत्यक्ष अनुभूति हुने गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न पनि वीर अस्पताललाई सचेत गराए । विक्रम संवत १९५९ सालमा स्थापना भएको वीर अस्पताल मुलुकको सबैभन्दा पूरानो सरकारी अस्पताल हो । प्रधानमन्त्री देउवाले अस्पतालले गुणस्तरीय जनशक्ति निर्माणमा समेत अतुलनीय योगदान दिँदै आएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...

ओली कुटीको राधिका शाक्यले गरिन् शिलान्यास

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घर निर्माणको काम थालिएको छ...