निर्वाचन क्षेत्र निर्धारण समयमानै गर्न आयोगलाइ एमालेको ध्यानाकर्षण



हाम्रो इकोनोमि

नेकपा (एमाले) स्थायी कमिटीको आजको बैठकले निर्वाचन क्षेत्र निर्धारण गर्दा राजनीतिक हस्तक्षेप, स्वार्थ र दबाबबाट मुक्त रहन र समयमै काम सम्पन्न गर्न निर्वाचन क्षेत्र निर्धारण आयोगलाई ध्यानाकर्षण गर्ने निर्णय गरेको छ ।

सरकारले गत साता ४५ दिनको समय दिई सो आयोग गठन गरेको थियो ।

कार्यबाहक अध्यक्ष वामदेव गौतमको अध्यक्षतामा आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले सरकारले निकै ढिलो गरेर आयोग गठन गरेकाले त्यससम्बन्धी काम निर्धारित समयमा सम्पन्न हुन नसकेर २०७४ माघ ७ भित्रै तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने संविधानले तोकेको दायित्व पूरा नहुने आशंका पैदा भएको
पनि ठहर गरेको छ ।

एमालेका केन्द्रीय सचिव प्रदीप ज्ञवालीले जारी गर्नुभएको विज्ञप्तिमा जिल्ला समन्वय समितिको निर्वाचनअन्तर्गत पर्वत जिल्लामा मनोहर पौडेल विश्वकर्मालाई प्रमुख तथा यमकुमारी रानालाई उपप्रमुख एवं मुस्ताङ जिल्लामा छिरिङल्हामु गुरुङलाई प्रमुख र रिञ्जिन नाम्गेल गुरुङलाई उपप्रमुखको उम्मेदवार बनाउने निर्णय भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...