विधेयकलाई समयानुकूल बनाउन सरकार तयार – गृहमन्त्री शर्मा



हाम्रो इकोनोमि

गृहमन्त्री जनार्दन शर्माले बाढीपहिरोको घटना भएका स्थानमा सुरक्षा फौज आधा घण्टाभित्र पुग्ने नीति बनाएर अभ्यास गरिरहेको बताउनुभएको छ ।

व्यवस्थापिका–संसद् राज्य व्यवस्था समितिको आजको बैठकमा उहाँले भन्नुभयो, “बाढीपहिरो गएको स्थानमा पुग्ने र सकिने स्थानमा आधा घण्टाभित्रमा पुगेर उद्धार र राहतमा खटिने गरी सुरक्षा संयन्त्र परिचालन गर्ने व्यवस्था मिलाइएको छ ।”

पछिल्लो समय आपराधिक र क्रुर मानसिकताबाट महिला हिंसाको घटना बढ्दै गएको देखिएकाले त्यस्ता घटनालाई रोक्न जनप्रतिनिधिको अगुवाइमा पूर्व सतर्क रहने कार्यक्रम सञ्चालन गर्ने प्रयास भइरहेको बताउँदै गृहमन्त्री शर्माले भोजपुरमा केही सयमअघि तीनजना बालबालिकाको मृत्यु भएको घटनाको छानबिन र अनुसन्धानका लागि केन्द्रबाटै उच्चस्तरको प्रविधिसहितको अनुसन्धान टोली खटाउन मन्त्रालयबाट निर्देशन भइसकेको जानकारी दिनुभयो ।

यातना दिने तथा निर्मम, अमानवीय वा अपमानजनक व्यवहार गर्ने कार्यलाई नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७३ माथि आज भएको छलफलमा उहाँले यातना असल समाजका विरुद्धमा हुने भएकाले सार्वजनिक ओहदामा हरेक व्यक्तिलाई यसले समेट्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “राज्यलाई नै जिम्मेवार गराउनेसँग सम्बन्धित भएर विधेयक ल्याउन लागिएको हो । यसलाई समयानुकूल बनाएर लैजान सरकार तयार छ ।”

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...