राजपा नेपाल एमालेको गोटी बनेको यादवको आरोप



हाम्रो इकोनोमि

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी नेपाल एमालेको गोटी बनेको आरोप लगाएका छन् ।

आजदेखि शुरु भएको केन्द्रीय समितिको बैठक उद्घाटन गर्दै अध्यक्ष यादवले राजपा नेपालले चुनावमा भाग नलिएर एमाले पार्टीलाई सहयोग पुर्याएको दावी गरे । फोरम नेपालले मात्र चुनावमा भाग नलिएको भए गणतन्त्र र संघीयता समेत खतरामा पर्ने देखिएकाले अन्तिम समयमा आएर चुनावमा भाग लिने निर्णय गरेको बताउँदै उनले आफ्नो पार्टीले ठूलो बलिदानी दिएर संघीयता ल्याएकाले त्यसलाई कुनै पनि हालतमा समाप्त हुन नदिने उद्देश्यले स्थानीय तहको चुनावमा भाग लिएको स्पष्ट पारे ।

संघीयता र गणतन्त्रका लागि लडाई तथा संघर्ष भइरहेको बेला राजपा नेपालका कतिपय नेताहरु सत्ताभोगमा भएकाले उनीहरुलाई त्यसप्रति त्यति मोह नरहेको टिप्पणी पनि उनले गरे ।

अहिलेको मुख्य काम संघीयता र गणतन्त्र जोगाउनु हो भन्दै यसैमा टेकेर अन्य मागहरु पूरा गराउन सकिने उनले धारणा राखेका थिए । प्रमुख तीन दल २४० निर्वाचन क्षेत्र यथावत राख्दै समानुपातिक मासेर संघीयतालाई समाप्त पार्ने खेलमा लागेको समेत आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...