नेप्से आठ अंकले बृद्धि, १ अर्ब २९ करोडको शेयर कारोबार



हाम्रो इकोनोमि

बुधबार नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कारोबार मापक सूचक ८.८४ अंकले बढेर १६४५.०३ अंकमा उक्लिएको छ।

बैंकिङ ५ र जलविद्युत १. ९९ अंकले घटे। बिमाका अलवा उत्पादन समूह ३५, होटल २५, विकास बैंक १४ र फाइनान्स समूह ४ अंकमा उकालो लागे। अन्य समूह १ अंकमुनि हरियो रह्यो।

१५६ कम्पनीहरुको १ अर्ब २९ करोडको सेयर कारोबार भएको छ। ग्लोबल आइएमई, भार्गव, महाकाली, काबेली, मुक्तिनाथ र संग्रिला विकास बैंकका थप सेयर बजारमा सूचीकृत भएका छन्।

कारोबारका आधारमा प्रभु इन्स्योरेन्स अग्रस्थानमा रह्यो। सो कम्पनीको ९ करोड ५६ लाखको कारोबार हुँदा दोस्रोमा राष्ट्रिय बिमा कम्पनी संस्थापकतार्फको ५ करोड ८९ लाखको किनबेच भयो।

हिमालय डिस्टिलरी, रिलायन्स माइक्रोफाइनान्स, एनबि इन्स्योरेन्स, प्रोग्रेसिभ फाइनान्स र लुम्बिनी विकास बैंकको मूल्य १० प्रतिशतले बढ्यो। ङादी ग्रुपको मूल्य ४ प्रतिशतले घट्यो।

प्रतिक्रिया दिनुहोस
नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

प्रभु बैँकका ग्राहकलाई ससः त्वामा १५ प्रतिशतसम्म छुट

    प्रभु बैँक लिमिटेड र कीर्तिपुर नगरपालिका–३ सागलस्थित ससः त्वा हस्पिटालिटी प्रालिबिच...

प्रभु बैंकले ३ करोडसम्म घर कर्जा दिने

    प्रभु बैंक लिमिटेडले घर तथा सवारी साधन खरिदका लागि नयाँ होम...

माछापुच्छ्रे बैंकको डिसिइओमा पाँडे

    माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)मा कल्याणविक्रम पाँडे नियुक्त...