नेप्से आठ अंकले बृद्धि, १ अर्ब २९ करोडको शेयर कारोबार



बुधबार नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कारोबार मापक सूचक ८.८४ अंकले बढेर १६४५.०३ अंकमा उक्लिएको छ।

बैंकिङ ५ र जलविद्युत १. ९९ अंकले घटे। बिमाका अलवा उत्पादन समूह ३५, होटल २५, विकास बैंक १४ र फाइनान्स समूह ४ अंकमा उकालो लागे। अन्य समूह १ अंकमुनि हरियो रह्यो।

१५६ कम्पनीहरुको १ अर्ब २९ करोडको सेयर कारोबार भएको छ। ग्लोबल आइएमई, भार्गव, महाकाली, काबेली, मुक्तिनाथ र संग्रिला विकास बैंकका थप सेयर बजारमा सूचीकृत भएका छन्।

कारोबारका आधारमा प्रभु इन्स्योरेन्स अग्रस्थानमा रह्यो। सो कम्पनीको ९ करोड ५६ लाखको कारोबार हुँदा दोस्रोमा राष्ट्रिय बिमा कम्पनी संस्थापकतार्फको ५ करोड ८९ लाखको किनबेच भयो।

हिमालय डिस्टिलरी, रिलायन्स माइक्रोफाइनान्स, एनबि इन्स्योरेन्स, प्रोग्रेसिभ फाइनान्स र लुम्बिनी विकास बैंकको मूल्य १० प्रतिशतले बढ्यो। ङादी ग्रुपको मूल्य ४ प्रतिशतले घट्यो।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

    विशेषगरी उद्योगी एवम् व्यवसायीहरुले चासोका साथ हेरिएको मौद्रिक नीति भोलि शुक्रबार