विवेकशील साझा पार्टी घोषणा, को–को परे, केन्द्रीय समितिमा (सूचिसहित)



हाम्रो इकोनोमि

विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरण भएको छ । नयाँ बानेश्वरस्थित एक पार्टी प्यालेसमा बुधबार पत्रकार सम्मेलन गरी दुई पार्टीबीच एकताको घोषणा गरिएको हो । एकीकृत पार्टीको नाम बिबेकशील साझा पार्टी राखिएको छ । त्यस्तै तराजु नयाँ पार्टीको लोगो र चुनाव चिन्ह राखिएको छ ।

नयाँ पार्टीमा मिश्र र थापा हाललाइ समान हैसियतमा रहनेछन् । नयाँ पार्टीको ३४ सदस्यीय केन्द्रीय समिति बनाइएको छ भने प्रत्येक प्रदेशबाट एकएक जना थपिने र महाधिबेसनसम्म ५१ सदस्यीय केन्द्रीय कमिटि बनाइने एकीकृत पार्टीले जनाएको छ ।

त्यस्तै दुवै पार्टीबाट ४–४ जनाको संयोजन समिति समेत गठन गरिएको छ । जसमा सहसंयोजकमा रविन्द्र मिश्र र उज्जवल थापा रहेका छन् ।

केन्द्रीय समितिमा को–को ?
नयाँ पार्टीको ३४ सदस्यीय केन्द्रीय समिति बनाइएको छ । नयाँ पाटीका केन्द्रीय सदस्यहरुमा क्रमश रविन्द्र मिश्र, उज्जल बहादुर थापा,अनुसा थापा, गोविन्दनारायण तिमल्सिना, निरुपमा यादव, मुमाराम खनाल, रमेश पौड्याल सुर्यराज आचार्य, अव्दुस मियाँ, अर्जुनसिंह ठकुरी, उमेद पुन, ओम अर्याल, किरणकृष्ण श्रेष्ठ, किशोर थापा रहेका छन् । त्यस्तै अन्य सदस्यहरुमा जीवन श्रेष्ठ, दिनेश प्रसाई, प्रकासचन्द्र परियार,पुकार बम, मानवी पौडेल, रञ्जु दर्शना न्यौपाने, रमेश महर्जन राम शाह, रेशु अर्याल, शशीविक्रम कार्की, सोभा शाक्य, सरोज धिताल, साधना राई सुवुना बस्नेत, सोभिता परियार र ज्ञानेन्द्र निरौला रहेका छन् । चारजना सदस्य भने पछि चयन गरिने सो पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...