चार बैंकको सेयर नेप्सेमा सूचिकृत



बुधबार नेपाल स्टक एक्सचेञ्जमा विभिन्न चार कम्पनीको ९८ लाख ७९ हजार चार सय ५१ दशमलव ९९ कित्ता सेयर सूचीकृत भएको छ ।

ग्लोबल आइएमई बैंकको ८३ लाख ७६ हजार आठ सय दुई दशमलव २९ कित्ता सेयर सूचीकृत भएको छ । बैंकको रिलायबल डेभलपमेन्ट बैंकलाई एक्वाएर गरेपछिको सेयर नेप्सेमा सूचीकृत भएको हो ।

त्यस्तै, भार्गव विकास बैंकको दुई लाख ४० हजार कित्ता बोनस सेयर र महाकाली विकास बैंकको एक लाख ३७ हजार छ सय ६२ दशमलव दुई कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएका छन् । त्यस्तै कसमस डेभपलमेन्टलाई एक्वाएर गरेपछिको सांग्रिला डेभलपमेन्टको ११ लाख २४ हजार नौ सय ८७ दशमलव पाँच कित्ता सेयर पनि नेप्सेमा सूचिकृत भएको छ । आगामी सातादेखि यी सेयरको कारोबार सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस
नेपाल र चीनबीच १३ बुँदे सम्झौता

      नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी

दोहोरो अंकले बढ्यो सेयर बजार

    साताको पहिलो दिन आइतबार सेयर बजार १०.२३ अंकले बढेको छ ।

नेपाल लाइफद्वारा दुधकुण्डमा निःशुल्क प्राथमिक स्वास्थ्य शिविर सम्पन्न

      नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले

सन् २०३० सम्ममा नेपाललाई मध्यम आय भएको मुलुक बनाउँछौं : प्रधानमन्त्री

  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वाधार आयोजनाहरूमा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न