४ बजे सपथ ग्रहण हुदै,देउवा सरकारमा सामेल हुने यी हुन् १९ भाग्यमानी,३ राज्यमन्त्रीको पनि आजै सपथ



हिजै हुने भनिएको मन्त्रिपरिषद विस्तार आज ४ बजे मात्र हुने भएको छ। १९ जना नया मन्त्रीले सपथ खादै छन्,मन्त्रीको नाम टुंगो लागे पनि कसलाई कुन मन्त्रालय दिने भन्ने सबै टुंगो लागिनसकेको श्रोतको भनाइ छ। कांग्रेसको पौडेल गुट बाट रामकृष्ण यादव(धनुषा), सञ्जय गौतम(प्युठान), यज्ञबहादुर थापा, (काँस्की), र राजन केसी(काठमाडौं) मन्त्री बन्ने पक्का पक्की भएको छ। तर मन्त्रालय भने टुंगो लाग्न सकेको छैन। उता देउवा खेमा बाट मीन विश्वकर्मा, अम्बिका बस्नेत, अर्जुनप्रसाद जोशी र बीरबहादुर बलायर सरकारमा सहभागी हुने पक्का भएको देउवा निकट उच्च स्रोतको दाबी छ। यता नेता कृष्णप्रसाद सिटौला पक्षबाट भीमसेनदास प्रधान र खुमबहादुर खड्का समूहबाट मोहनबहादुर बस्नेतको नाम अनुमोदन भैसकेको छ ।

उता माओबादी बाट गिरिराजमणि पोखरेल , स्वास्थ्य मन्त्री,महेन्द्रबहादुर शाही (उर्जा मन्त्री,टेकबहादुर बस्नेत (मन्त्रालय टुगिन वाकी )शिवकुमार मण्डल (मन्त्रालय टुगिन वाकी )सन्तकुमार थारु चौधरी (मन्त्रालय टुगिन वाकी )आशा खनाल (मन्त्रालय टुगिन वाकी ) मन्त्री बन्दै छन्। छमबहादुर गुरुङ,जाकिर हुसेन,रामसिंह यादव र शम्भु श्रेष्ठ राज्य मन्त्री बन्दैछन। शम्भु कांग्रेस बाट संबिधान सभाको चुनाबमा टिकट नपाएर माओबादीमा प्रवेश गर्दै सर्लाही १ बाट झलनाथ खनाललाइ पराजित गर्दै सांसद बनेका हुन् । उता फोरम लोकतान्त्रिक बाट जितेन्द्र देब पर्यटन र गोपाल दहित भूमिसुधार मन्त्री बन्दै छन्। त्यस्तै मिथिला चौधरी बाताबरण मन्त्री बन्दै छिन। चौधरी नेकपा संयुक्त बाट मन्त्री बन्ने भएकी हुन्।

प्रतिक्रिया दिनुहोस
‘गुगल’ले आज २५ औं वार्षिकोत्सव मनाउँदै

  ‘गुगल’ले आफ्नो सञ्चालनको २५ औं वार्षिकोत्सव मनाउँदैछ। गुगलले आज विशेष डुडलका साथ

मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

  एसियन गेम्स अन्तरगत मंगोलियाविरुद्धको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेको

चीनले नेपालीलाई रेलवे सम्बन्धी तालिम दिने

  चीन सरकार नेपालीलाई रेल सम्बन्धी तालिम दिन तयार भएको छ । प्रधानमन्त्री

ब्रेक शु भित्रको सुन निकालियो

  नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक शु