स्थानीय तहमा बजेट निकासा



हाम्रो इकोनोमि

यहाँका आठवटै स्थानीय तहमा एकतिहाई बजेट निकासा भएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालयले साउन २ र ३ गते बजेट निकासा गरेको हो । कार्यालय प्रमुख विश्वप्रसाद अर्यालका अनुसार चन्दननाथ नगरपालिकामा रु सात करोड ८८ लाख १६ हजार तथा कनकासुन्दरी गाउँपालिकामा रु छ करोड ७६ लाख ४८ हजार, गुठिचौरमा रु पाँच करोड ४५ लाख ३५ हजार, तातोपानीमा रु सात करोड ७२ लाख ८३ हजार र तिला गाउँपालिकामा रु छ करोड ८२ लाख ३७ हजार बजेट निकासा गरिएको छ ।

पातारासी गाउँपालिकामा रु सात करोड ४५ लाख ४३ हजार, सिंजा गाउँपालिकामा रु पाँच करोड ९९ लाख ३१ हजार र हिमा गाउँपालिकामा रु पाँच करोड ६९ लाख ३६ हजार बजेट निकासा गरिएको छ । वित्तीय समानीकरण र ससर्त बजेटस्वरुप आठवटै स्थानीय तहमा कूल रु ५३ करोड ७९ लाख ३२ हजार बजेट निकासा गरिएको अर्यालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...