वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने प्रचण्डको प्रतिवद्धता



हाम्रो इकोनोमि

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगार व्यवसायलाई व्यवस्थित बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

अध्यक्ष दाहालले वैदेशिक रोजगार व्यवसायलाई सम्मानित, प्रभावकारी र व्यवस्थित बनाउन सबैको सामूहिक पहलको आवश्यक्तामा पनि जोड दिए । बुधबार पेरिसडाँडास्थित पार्टी केन्द्रिय कार्यालयमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका नवनिर्वाचित पदाधिकारीहरुसँगको सामूहिक भेटमा उनले मुलुकभित्रै रोजगारीको अवसर सृजना गर्ने कामलाई आफू र आफ्नो पार्टीले प्राथमिकता दिएको पनि स्पष्ट पारे ।

अध्यक्ष दाहालले संविधान कार्यान्वयनको काम गुणात्मक चरणमा प्रवेश गरेको उल्लेख गर्दै अव मुलुक आर्थिक विकास र समृद्धिको दिशामा केन्द्रित हुने विश्वास पनि व्यक्त गरे । उनले आफ्नो पार्टी सामाजिक न्यायसहितको आर्थिक विकासको पक्षमा रहेको पनि बताए । त्यस अवसरमा संघका नवनिर्वाचित अध्यक्ष रोहन गुरुङले वैदेशिक रोजगार व्यवसायमा देखिएको समस्या समाधान गर्न अध्यक्ष दाहालको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...