पाँच थान बन्दुक बरामद



हाम्रो इकोनोमि

प्रहरीले दाङबाट पाँच थान भरुवा बन्दुक बरामद गरेको छ ।

प्रहरी चौकी चंवाबाट प्रहरी सहायक निरीक्षक नरबहादुर खडकाको नेतृत्वमा गएको गस्ती टोलीले राजपुर गाउँपालिका–७ भित्री सिक्टा जाने बाटोको जंगल क्षेत्रमा उक्त बन्दुक बरामद गरिएको दाङका प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभयो ।

छ÷सातजना अज्ञात व्यक्तिले एक नाले भरुवा बन्दुक बोकेर जंगलतर्फ हिँडिरहेको अवस्थामा प्रहरीले पक्राउ गर्न खोज्दा उनीहरुले बन्दुक फालेर भागेको प्रहरीले जनाएको छ ।

त्यस क्षेत्रमा खानतलासी गर्दा प्रहरीले लोड गरिएको एक नाले भरुवा बन्दुक पाँच थान, काटिएको लत्ताको टुक्रा पाँच थान, कपडाको थैली एक, बारुद भएको प्लास्टिकको बट्टा दुई, बारुद भएको आल्मुनियमको बट्टा एक, सलाइको बट्टा सात र ३८ वटा छर्रा भएको कपडाको पोको एक थानलगायतका बस्तु बरामद गरेको जनाएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको र फरार रहेकाहरुको खोजी कार्य जारी रहेको प्रहरी नायब उपरीक्षक तिवारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
पोखरेल समूहको अवधारणापत्र पार्टीमा बुझाउने तयारी

     नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनबारे तयार पारिएको...

गोवाको नाइट क्लबमा आगलागी हुँदा ४ नेपालीको मृत्यु

    भारत गोवाको अरपोरा क्षेत्रमा रहेको नाइट क्लबमा शनिबार मध्यरातमा भएको आगलागीमा...

११४ दललाई निर्वाचन चिन्ह प्रदान, एमालेको ‘सूर्य’ पहिलो

    निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दर्ता...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...