ढकतराजु बिगार्नेदेखि दूधदही बेच्दा ठगी गर्ने चार हजार भन्दा बढी ब्यापारी कारवाहीमा



हाम्रो इकोनोमि

नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय बालाजुले एक वर्षको अवधिमा नापतौल र पेट्रोलियम पदार्थमा ठगी गरेको आरोपमा चार हजार २२९ व्यापारीलाई कारबाही गरेको छ ।

आर्थिक वर्ष २०७३/७४ मा कार्यालयले दूध तथा दहीमा ठगी गर्ने, समयमा अनुमतिपत्र नलिने, ढकको ठाउँमा ढुंगा पत्थर प्रयोग गर्ने, ढकतराजु समयमा जाँच नगर्नेलगायत शीर्षकमा ती व्यापारीलाई कारबाही गरेको हो ।

कार्यालयका प्रमुख शशीभुषणकुमार यादवले कारबाहीमा परेका व्यापारीमध्ये २२ जनाविरुद्ध अदालतमा मुद्दा चलाइएको जानकारी दिए। कार्यालयले नयाँ व्यापारीलाई अनुमति प्रदान, पुरानाको नवीकरण र ठगीको आरोपमा कारबाहीमा परेका व्यापारीसँग एक करोड १७ लाख ४८ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । आर्थिक वर्ष २०७२/७३ मा सो कार्यालयले ८३ लाख रुपैयाँ राजश्व संकलन गरेको थियो ।

गत आर्थिक वर्षमा चार हजार ९४४ जनाले नापतौल जाँच र दुई हजार ४२६ जनाले नापतौल तथा नाप्ने तौलने यन्त्र अनुमतिपत्र लिएका थिए भने ६८ जना व्यापारीले इजाजतपत्र लिएका कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...