७ अंकले बढ्यो नेप्से, झण्डै एक अर्वको कारोबार



मंगलबार नेप्से परिसूचक ७.११ अंकले वृद्धि भई १६३६.१९ विन्दूमा पुुगेको छ । १५६ कम्पनीको ९४ करोड ८५ लाख रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको छ । कुल १३ लाख ७१ हजार ११० कित्ता सेयर किनबेच भएका छन् ।

बैकिङ समूह ०.४ अंकले मात्र घट्यो । यस्तै, अन्य समूह ३.१८ अंकले ओरालो लाग्यो । बाँकी सबै समूहको सूचक हराभरा बने । सबैभन्दा धेरै उत्पादनमूलक समूहको सूचक ७९.८५ अंक(३.२२ प्रतिशत)ले वृद्धि भयो । यस्तै, बिमा समूह १५७.३२ अंकले बढ्यो भने विकास बैंक ६.४८, जलविद्युत १८.०३, बित्त समूह ६.९६, होटल समूह ८.३९ र ट्रेडिङ समूह १.३५ अंकले वृद्धि भए ।
‘क’ वर्गका कम्पनीहरुको कारोबारमा सामान्य सुधार आउँदा सेन्सेटिभ इण्डेक्स ०.१७ अंकले बढ्यो भने समग्र कारोबारमा समेत सुधार हुुँदा फ्लोट इण्डेक्समा ०.३ अंकले वृद्धि भयो ।

कारोबार रकममा राष्ट्रिय बिमा कम्पनीको संस्थापक सेयरले अग्रता लिएको छ । यस कम्पनीको १० करोड रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको हो । यसैगरी, कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः प्रभु इन्सुरेन्स र नेपाल इन्सुरेन्स परेका छन् ।

यो दिन सिनर्जी पावर डेभलपमेन्ट लिमीटेडले सबैभन्दा धेरै गुमायो । यो कम्पनीको सेयर मूल्यमा ४ प्रतिशतले गिरावट आयो ।

 

प्रतिक्रिया दिनुहोस
दोहोरो अंकले बढ्यो सेयर बजार

    साताको पहिलो दिन आइतबार सेयर बजार १०.२३ अंकले बढेको छ ।

नेपाल लाइफद्वारा दुधकुण्डमा निःशुल्क प्राथमिक स्वास्थ्य शिविर सम्पन्न

      नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले

सन् २०३० सम्ममा नेपाललाई मध्यम आय भएको मुलुक बनाउँछौं : प्रधानमन्त्री

  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वाधार आयोजनाहरूमा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न

बैंकहरूले आफ्ना कर्मचारीलाई १० अर्ब बोनस दिने

    बैंकको जागिरलाई निकै आकर्षक र सुरक्षित मानिन्छ । उनीहरूले पाउने लाभांशले